त्रिभुवन विश्वविद्यालयलाई प्रभु बैंकद्वारा डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरलाई असार १६ गते डिजिटल बोर्ड हस्तान्तरण गरेको छ।
Advertisement 1
शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले प्रदान गरिएको उक्त डिजिटल बोर्डले डिजिटल शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु बिष्ट, मार्केटिङ म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रोफेसर भवानी शंकर आचार्य, डा. सुनिता भण्डारीलगायत विभागका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
Advertisement 2
कार्यक्रममा बैंकका प्रतिनिधिहरूले शिक्षामा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षामा योगदान पु¥याउने उद्देश्यले सहयोग प्रदान गरिएको बताएका थिए। विश्वविद्यालयका पदाधिकारीहरूले पनि बैंकको सहयोगले आधुनिक शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
प्रभु बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
Advertisement 3








