सागसब्जी र खसीबोका बिक्रीबाट ८ करोड आम्दानी

पर्वत। महाशिला गाउँपालिकाले सागसब्जी र खसीबोका बिक्री गरी पछिल्लो २० महिनामा रु ८ करोड आम्दानी गरेको छ। पालिका पर्वत जिल्लाकै सबैभन्दा विकट र सानो हो।

Advertisement 1

यहाँस्थित ६ वटै वडाका ८ सय ८३ कृषकले उत्पादन गरेका सागसब्जी, खसीबोका, स्थानीय जातका कुखुरा र दूध बिक्री गरी उक्त आम्दानी भएको पालिकाका अध्यक्ष इशवरी भुसालले बताइन्। उत्पादित कृषिजन्य बस्तु सदरमुकाम कुश्मा, छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गरिन्छ।

महाशिलामा उत्पादित सागसब्जी र खसीबोका किन्न पोखराको बिरौटामा रहेका तरकारी पसलमा बिहानैदेखि उपभोक्ता कुरेर बसेका हुन्छन्। गाउँमा उत्पादित स्थानीय जात स्वस्थ्यकर हुने भन्दै ग्राहकको पहिलो रोजाइँ महाशिलाकै उत्पादन बन्ने गरेको पूर्व अध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिए।

Advertisement 2

पालिकाले सागसब्जीमा प्रतिकिलो रु ५ मासुजन्य वस्तुमा रु २५ तथा दूधमा प्रतिलिटर रु १० अनुदान दिँदै आएको छ। कृषकको उत्पादनको यकिन मापन गर्ने कार्यका लागि गाउँपालिकाभित्रका मुख्य टोलमा ३३ वटा तराजु वितरण गरिएको छ।

कृषकको गोठको भकारो सुधार र बाख्राको खोरसुधार कार्यमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गरिएपछि ब्यावसायिक कृषिमा लाग्ने कृषकको आकर्षण बढेको छ। तरकारीखेतीमा लागेका यहाँका हरेक कृषकले न्यूनतम रु २ लाखदेखि रु १० लाखसम्म आम्दानी गरेका छन्।

Advertisement 3

उत्पादन सङ्कलनका लागि २ जना बजार प्रतिनिधि पालिकाले नियुक्त गरेको छ। उनले कृषकको घर घर पुगी उत्पादन सङ्कलन गर्ने गर्नेगरेका छन्। पालिकाले पूर्णरुपमा कृषिमा आश्रित परिवार र व्यवसायले लिने कृषि ऋणमा लाग्ने ब्याजमा निश्चित अनुदान प्रदान गर्ने कार्यक्रम समेत सञ्चालन गरेको छ।

प्रकाशित :२०८३ असार १५, सोमबार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry