यी हुन् जेष्ठता,कासमु र कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका कर्मचारी

उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयका दुई कर्मचारी बढूवा सिफारिस भएका छन् । बढूवा सिफारिस समितिको सचिवालयको आइतबार बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्याकन र कार्यक्षमताका आधारमा हुने मूल्याकनबाट कर्मचारी बढूवा गरेको जनाएको छ ।
समितिको अनुसार,जेष्ठता र कार्यक्षमता मुल्यांकनबाट उमेश कुमार यादव र कार्यक्षमता मुल्यांकनबाट मनोज कुमार बूढाथोकी बढुवा सिफारिस भएका हुन् । यादव राप अन प्रथम श्रेणी सब इञ्जिनियर र बुढाथोकी राप अन प्रथम श्रेणी जल विज्ञान साहयकमा बढुवा सिफारिस भएका हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार ०७:१८

प्रतिक्रिया दिनुहोस्