गैर हाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं। आफूखुसी गैर हाजिर भएका १२ जना प्रहरीहरूलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।
Advertisement 1
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले (आज) बुधबार एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
गैर हाजिर भएका प्रहरीहरूको नाम ठेगानासहित सार्वजनिक गर्दै बाटोको म्यादबाहेक ७ दिनभित्र हाजिर हुन निर्देशन दिनुका साथै सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने र कारबाही हुने नेपाल प्रहरीले जनाएको छ ।
Advertisement 2

प्रकाशित :२०८३ असार १०, बुधबार ११:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








