बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

हुम्ला। हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका किसान चिन्तित हुन थालेका छन्। लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनीलगायत तरकारी बालीसमेत सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन्।
Advertisement 1
जिल्लाको सिमकोट गाउँपालिका–१ का किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताइन्। सिमकोट गाउँपालिका–२ का किसान रुप्सी बोहराले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र यहाँ खाद्यान्न सङ्कट पर्नसक्ने बताइन्।
जिल्लाको सबैभन्दा बढी अन्न उत्पादन हुने सर्केगाड गाउँपालिका–२ रिपगाउँका किसानसमेत लामो सयम पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा परेका छन्।
प्रकाशित :२०८३ असार ९, मंगलवार १५:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








