जस्को अथक मेहनतले बदलियो लमजुङ अस्पतालको मुहार …

अञ्जन कुमार हिमाली

साँच्चै निष्पक्ष रुपमा कामको मूल्यांकन हुन्थ्यो भने डा तीर्थ थापाको घर सम्मान गरिएका तक्माहरुले भरिन्थो होला । चाकडी चाप्लुसी अनि कसैको भजन मण्डली बेगर जतिसुकै असल सेवामुखी काम गरेपनि घुम्ने कुर्चीमा बस्ने अन्धा मान्छेले त्यो भाव बुझ्ने हैसियत कहाँ राख्छन् र ।
गीतामा भनिएको छ कर्म गर फलको आशा नगर । त्यही सर्वमान्य सिद्धान्तलाई आत्मसाथ गर्दै थापाले धार्मिकता जीवनको मार्ग हो, इमान्दारिता जीवनको शक्ति र सेवा गर्नु नै जीवनको कर्तव्य हो भन्दै कुनै अमूक व्यक्तिले सेवा को मूल्यांकन गर्यो गरेन भन्दापनि आफूले गरेको सेवानै धर्म हो भन्नेमा विश्वास गर्छन् ।

त्यसै भनिएको कहाँ हो र भजन गर्ने ओठहरु भन्दा सेवा गर्ने हात धेरै माथि हुन्छ भनेर । मानव विकास तथा सामुदायिक सेवाका संस्थापक निर्देशक लमजुङ बेसीशहर (२ का डाक्टर तीर्थ थापाले लमजुङ सामुदायिक अस्पताल हाल जिल्ला अस्पताल लमजुङको नेतृत्व गरेदेखि अस्पतालको मुहारनै बेग्लै भएको छ ।

No description available.

नेपाल सरकारको मात्रै स्वामित्वमा रहँदा अस्पातल कहाँ अस्पताल जस्तो थियो र । अस्पतालमा आउने औषधि देखि लिएर गतिला सामान सबै यहाँका कर्मचारीले आफ्नो निजी क्लिनिकमा सप्लाई गर्थे । अस्पताल दुर्गन्धग्रस्त क्षेत्र जस्तै थियो । भएका केही थान कर्मचारीको कर्तव्य च्युत जस्तै थिए । तर जब डाक्टर थापाको सो संस्थाले अस्पताल सञ्चालन गर्ने जिम्मा पायो यसको मुहार फेरियो । आधा दर्जन राम्रा डाक्टर सहित झण्डै सयका हाराहारीमा कर्मचारी रहेको अस्पतालको सेवा निकै सन्तोषजनक छ ।

धर्मराज गोसाई देखि हाल अस्पताल प्रमुख हेमन्तकुमार श्रेष्ठले नेतृत्व लिई रहँदा अस्पताल व्यवस्थापन मजबुत बनेको छ । तर कहिले काहीँ सानातिना कमजोरीको फाइदा उठाउँदै निजी क्लिनिक र अस्पतालको उक्साहटमा अवाञ्छित गतिविधि गर्न नखोजिएको पनि होइन । लमजुङमा लमजुङ अस्पताल, चितवनको पिठुवामा, गुञ्जमन अस्पताल, रुकुम चौरजहरी गरी तीनवटा अस्पताल सञ्चालन गर्दै आएका थापाले अन्य सामाजिक कर्ममा त्यतिकै लागेका छन् ।

No description available.
अहिले कोभिडको महामारीको बेला अन्यत्र अक्सिजन को हाहाकार छ । तर लमजुङ अस्पतालमा यसको अभाव खड्किएको छैन । प्रदेश सरकारको साथ सहयोग उत्तिकै पाएको छ । जसका कारण अहिले अक्सिजन प्लान्ट समेत स्थापना भएको छ ।
अस्पतालले निम्न आय भएकालाई निशुल्क उपचार गर्दै आएको मात्रै हैन, पाँचवर्ष मुनीका बच्चाको सम्पूर्ण उपचार , विकलाङ्गहरूको उपचार समेत अस्पतालले निशुल्क गर्ने गरेको छ । संकटका बेला अस्पतालहरूले ब्रह्मलुट मच्चाइरहेको बेला यो अस्पताल नेपालमै नमूना अस्पताल बनेको छ । त्यही उपचार गर्न शहरका अन्य अस्पतालमा लाग्ने एक तिहाईको खर्च पनि यहाँ नलाग्ने अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठ बताउनु हुन्छ । दानीलाई हानी पो कहाँ हुन्छ र डा। थापाले जिल्ला अदालत कास्कीमा समेत सेवा प्रवाह सहज र चुस्त होस् भन्ने हेतुले दर्जन कम्प्युटर वितरण गरेका छन् । सफा दिलका थापा मृत्युलाई कसैले देखेको छैन । न यो टारेर टर्छ । जति बाँचिन्छ जीवनलाई राष्ट्रसेवामा खर्चनु पर्ने बताउँछन् । तर यस्तै मान्छे आँखी र सम्मान योग्य ठान्दो रैनछ । स्वास्थ्यमा उनको योगदान अतुलनीय छ । अपजस त फेरि सेवा गर्नेहरुकै थाप्लोमा आउँदो रहेछ । कयौ पटक कर्मचारीहरुलाई तलब खुवाउन समेत हम्मेहम्मे परेको यस अस्पतालबाट थापाले ब्रह्मलुट मच्चाएको समेत केही माल पाएर चाल नपाउनेहरुले लगाए । शिक्षा स्वास्थ्य जस्ता विषयमा राज्यको पूर्ण दायित्व हुन्छ तर राज्यले पूर्ण दायित्वबोध नगर्दा यस्तै थापाहरुको आबस्यकता खड्किँदो रैछ ।
अञ्जनकुमार हिमाली ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १५:४०

प्रतिक्रिया दिनुहोस्