जिल्ला सेलाउदै गर्दा ईलाकामा पो तामझाम

विगतको जस्तो रमझम र रौनक छैन जिल्ला प्रहरी लमजुङमा । तत्कालीन डिएसपी कृष्ण बहादुर कार्की हुँदा जिल्ला प्रहरी कार्यालय भित्र थुप्रै आन्तरिक संरचना निर्माण भए । खानेपानी, किचन, ब्यारेकदेखि जिप्रका भित्र भएका सुधारका कामले गर्दा सरुवा भएर पश्चिममाञ्चल प्रहरी तालिम केन्द्र पोखरा पुगे पनि उनको नाम नलिने भित्र बाहिर कोही भएनन् । बुढादेखि बालकसम्मलाई कार्कीको छाप परेको छ ।
Advertisement 1
त्यसपछिका डिएसपी प्रकाश श्रीमलको पालामा त झन् सबै प्रहरी हाकिम स्मार्ट । उमेरका हिसाबले युवा पुस्ताका । केमेष्ट्री राम्रै जम्यो । दुई भाइ युवा जोस जागर बोकेका प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी र जगदीश रेग्मी ।
अपराधका धेरै फाइलहरु उघारिए । भौतिक संरचना पनि थपिए । समायोजनको पाटोमा राम्रै दख्खल राख्ने भएकोले नै होला खासै विवादित बनेन श्रीमलको कार्यकाल पनि । तर अहिले जिप्रका लमजुङमा विगत जस्तो कुनै रौनक नदेखिए पनि ईलाका प्रहरी कार्यालय भोर्लेटारमा भर्खरै आएका प्रहरी निरीक्षक राजाराम खड्काले भने राम्रै चक्मा दिएका छन् ।
Advertisement 2
आफुलाई डन ठान्ने र बजारमा लफडा मच्चाउने चुल्ठेहरुलाई नियन्त्रणमा लिई शान्ति सुरक्षाको प्रत्याभूति गराउनेदेखि नागरिक प्रहरी बीचमा आत्मीय र सुमधुर सम्बन्ध अनि शान्ति सुरक्षा कायम गराउन नागरिक सँगको सहकार्यमा लाग्दै गरेका प्रहरी निरीक्षक खड्काले आफ्नो प्रहरीको ६८ औ प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय भोर्लेटारमा कार्यरत प्रहरी कर्मचारीलाई प्रवचन र योगाभ्यास कार्यक्रम गरेको छ ।
Advertisement 3
ब्रह्मकुमारी ईश्वरीय राजयोग केन्द्रको सहकार्यमा मातहतका प्रहरी कर्मचारीहरुलाई प्रवचन तथा योगाभ्यास गराइएको थियोे । ब्रह्मकुमारी ईश्वरीय राजयोग केन्द्रकी सदस्य रेश्मा गिरीको सहजीकरणमा सम्पन्न सो कार्यक्रममा सधै तनाव र थकानमा रहने प्रहरीले सकारात्मक सोच, तनाव व्यवस्थापन, असल विचार, खुशी हुने विधिका बारे प्रवचन दिएकी थिइन ।
प्रहरीको सेवा तनावमुक्त नभए पनि आत्मबल नैतिकता, सत्कर्म, सादा जीवन ,योगाभ्यासलाई आत्मसात गर्न सके तनाव दूर हुने भन्दै प्रहरी यो समाजको अग्रभाग रहने हर विषयमा ठोकिने सस्था भएकोले पहिला आफू भित्रको बिकारलाई निस्कासन गर्न पनि योगाभ्यास आवश्यक रहने बताइन् ।
सोही कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख खड्काले सबैलाई विजया दशमी, दिपावली र छठ लगायतका पर्वको शुभकामना व्यक्त गर्दै प्रहरीको पहिलो जिम्मेवारी भनेको मुलुक जनता र संगठन भएकोले कर्तव्य पालनाका क्रममा जहाँ पुगिन्छ त्यसैलाई आफ्नो घर ठान्न आग्रह गर्दै दशैमा बिदा जान नपाइए पनि खिन्न मन नगर्न आग्रह गरेका थिए ।