कालिका गाउँपालिकाका अध्यक्ष उम्मेद्धार कमलका ५२ संकल्प, शैक्षिक एजेण्डा धेरै
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलदेखि उम्मेद्धारहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसैबीच ५ वटा गाउँपालिका रहेको हिमाली जिल्ला रसुवाको कालिका गाउँपालिकाबाट नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेका कमल आचार्यले आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । कालिका हिमालय उच्च माध्यमिक विद्यालयको क्याम्पस प्रमुखबाट राजीनामा दिएर उनी पालिकाको अध्यक्षको रुपमा चुनावी मैदानमा होमिएका छन् । ५ पालिका रहेको रसुवामा यो पालिकाबाट युवा उम्मेद्धारहरुबीच प्रतिष्प्रर्धा हुँदैछ । एमालेको तर्फबाट कमल आचार्य,काँग्रेसले हरिकृष्ण देवकोटालाई उम्मेद्धार बनाएको छ भने माओवादी केन्द्रले सोम बहादुर तमाङलाई मैदानमा अघि सारेको छ ।
यसैबीच एमालेका तर्फबाट पालिकाका अध्यक्षका उम्मेद्धार कमल आचार्यले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्,जहाँ पालिका भित्र एक घर एक स्वच्छ खानेपानी ब्यवस्थापन तथा सौर्य उर्जाको ब्यवस्थापन गरिनेदेखि स्मार्ट भिलेजको अवधारणासमेत अघि सारिएको छ
Advertisement 1
पाँचवटै विद्यालयलाई आवासीय माध्यमिक विद्यालय बनाउने,लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने लगायतका शैक्षिक एजेण्डाहरु धेरै समावेश गरिएको छ ।यस्तै “हाम्री बुहारी राम्री बुहारी” अभियान सञ्चालन गर्ने उच्च शिक्षा अध्ययन गर्ने बुहारीहरुलाई सामूदायिक क्याम्पसमा अध्ययन गर्दा मासिक शुल्कको ५० प्रतिशत रकम पालिकाले ब्यहोर्ने प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
यस्का अलवा जिबजिबे कालिकास्थान, कर्मिडाँडा हाडिफोर, राम्चे, पलेप हुँदै गुम्चेत जोड्ने मोटरवाटोको निर्माण गरिने, राम्चे, पलेप, ग्राङ, सडक स्तरोन्नती गरिन, समस्याग्रस्त प्राङ्से देखि धोविखोला हुँदै कुडुल्ले सम्मको पहिरो नियन्त्रण तथा जलाधार ब्यवस्थापन गरिने, कालिका गाउँपालिका भित्रका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लोकसेवा लगाएत विभिन्न आयोगहरुमा आकर्षण बढाउन तयारी कक्षाहरु सञ्चालन गरिन, नयाँ नयाँ प्राविधिक धारका शैक्षिक विकास सञ्चालन गर्ने, नयाँ नयाँ प्राविधिक धारका शैक्षिक विकास सञ्चालन गर्ने, ५ वटै माध्यामिक विद्यालयहरुलाई आवासिय नमूना माध्यामिक विद्यालयको रुपमा विकास गरिन, कालिकास्थानमा १००० जना क्षमताको सभाहल तथा फूटसल निर्माण गरिने लगायतका प्रतिवद्धता रहेको छ ।
Advertisement 2
0 कालिका गाउँपालिका भित्र एक घर एक स्वच्छ खानेपानी ब्यवस्थापन तथा सौर्य उर्जाको ब्यवस्थापन गरिनेछ ।
0 Smart Village को नयाँ अवधारणाको विकास गरिनेछ ।
0 कालिका गाउँपालिका भित्रको ऐतिहासिक तथा सांस्कृतिक सभ्यता चिनाउने दहि —घुमको चिनारी पार्क निर्माण गरिनेछ ।
0 सामुदायिक रुपमा Community stay . One day in Rural Community अभियान सञ्चालन गरिनेछ ।
0 जिबजिबे कालिकास्थान, कर्मिडाँडा हाडिफोर, राम्चे, पलेप हुँदै गुम्चेत जोड्ने मोटरवाटोको निर्माण गरिनेछ ।
0 राम्चे, पलेप, ग्राङ, सडक स्तरोन्नती गरिने छ ।
0 समस्याग्रस्त प्राङ्से देखि धोविखोला हुँदै कुडुल्ले सम्मको पहिरो नियन्त्रण तथा जलाधार ब्यवस्थापन गरिनेछ ।
0 कालिका गाउँपालिका भित्रका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लोकसेवा लगाएत विभिन्न आयोगहरुमा आकर्षण बढाउन तयारी कक्षाहरु सञ्चालन गरिनेछ ।
0 नयाँ नयाँ प्राविधिक धारका शैक्षिक विकास सञ्चालन गर्ने ।
0 ५ वटै माध्यामिक विद्यालयहरुलाई आवासिय नमूना माध्यामिक विद्यालयको रुपमा विकास गरिनेछ ।
0 खेर गएको र वर्षातको पानी संकलन तथा प्रशोधन गरि सिँचाइको ब्यवस्था गरिनेछ ।
0 प्रत्येक वडामा एउटा खेलमैदान तथा कभर्ड हलको ब्यवस्था गरिनेछ ।
0 कालिकास्थानमा १००० जना क्षमताको सभाहल तथा फूटसल निर्माण गरिनेछ ।
0 इलम प्रशिक्षण केन्द्रको निर्माण र सिप विकास तालिम तथा स्वरोजगार केन्द्रको विकास गरिनेछ ।
0 धरापानी, तारुके, कुडुल्ले सडकको स्तरोन्नती गरिनेछ ।
0 कालिका ३ इट्पारे लगायत दलित बस्ति विकास र उनीहरुको दिगो जिविकोपार्जन, स्वास्थ्य शिक्षा लगायतमा सुधार गरि दलित कल्याणकारी कोष निर्माण तथा परिचालन गरिनेछ ।
0 पालिका भर रहेका पदमार्ग निर्माण तथा स्तरोन्नती गरिनेछ ।
0 रुप्सेपानी, धुसेनी, गुदे दसमुरे सडकको स्तरोन्नती गरिनेछ ।
0 खेतीयोग्य जमीनमा खाद्यवाली तथा नगदेवाली विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
0 योजनाहरु सञ्चालनमा कामका लागि नगद कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
0 जिबजिबे ज्याङलाङ क्षेत्रमा सडक सञ्जालले जोडिन बाँकी रहेको क्षेत्रमा सडक विस्तार गरिनेछ ।
0 राम्चे, लोकील क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारी र जडिबुटी खेती तथा विउ उत्पादनका लागि नमूना पकेट क्षेत्रको रुपमा विकास गरिनेछ ।
0 समाजमा पछाडि पारिएका वर्ग क्षेत्र, समूदाय र जातजातीहरुलाई समाज विकासको मूल प्रवाहमा ल्याउन आवश्यक सहयोग गरिनेछ ।
0 जिबजिबे, धारापानी, राम्चे गोम्वोडाँडा र अम्वास क्षेत्रलाई सहरी मापदण्ड अनुसार अवधारणा अगाडी बढाइनेछ ।
0 पालिकाको उद्यम विकास योजना , विपद् ब्यवस्थापन योजना लगायतका योजनाहरुको निर्माण र कार्यान्वय गरिनेछ ।
0 विकासका सुचकहरु पुरा गरी गाउँ पालिकावाट नगर पालिकामा स्तरोन्नती गर्न पहल गरिनेछ ।
0 “हाम्री बुहारी राम्री बुहारी” अभियान सञ्चालन गर्ने उच्च शिक्षा अध्ययन गर्ने बुहारीहरुलाई सामूदायिक क्याम्पसमा अध्ययन गर्दा मासिक शुल्कको ५० प्रतिशत रकम पालिकाले ब्यहोरिनेछ ।
0 कालिका गाउँपालिका भित्रको उत्पादनमा बृद्धिगर्दै प्रतिब्यक्ति आयमा बृद्धि गरिनेछ ।
0 गाउँपालिका भित्रका गरिव, दलित तथा जेहेन्दार प्राविधिक शिक्षा अध्ययन गर्ने बिद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराइनेछ ।
0 पालिका भित्रका गरिव तथा विपन्नहरुको पहिचान गरी उनिहरुलाई आय आर्जन र जीविकोपार्जनमा सुधार गरिनेछ ।
0 युवा उद्यमी कोषको निर्माण गरी युवा उद्यमीलाई थप प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
0 कामका लागि नगद कार्यक्रमलाई प्रोत्साहन गरी पालिका भित्रको कामवाट यहाँका जनताले आर्थिक लाभ लिने वातावरणको विकास गरिनेछ ।
0 विपन्न, एकल, सहारा विहिन परिवारको पहिचान गरी पानी, बिजुली तथा औषधी निःशुल्क गरिनेछ ।
0 विभिन्न स्वदेशी तथा विदेशी निकायको समन्वय तथा सहयोगमा सामाजिक विकास तथा समाज रुपान्तरणका कार्यहरु गरिनेछ ।
0 समुदायको अगुवाईमा सामूदायिक विकासका कार्यहरु सञ्चालन गरिनेछ ।
0 कर्मचारी परिचालन तथा ब्यवस्थापनमा नीति बनाई अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको विमा तथा कोष ब्यवस्थापन गरिनेछ ।
0 सवै वडामा ६० वर्ष माथिका बृद्धबृद्धाहरुको मासिक रुपमा स्वास्थ्य परिक्षण गर्ने र आवश्यक उपचारको ब्यवस्था गरिनेछ ।
0 चिति वडहरे, धारापानी रुप्सेपानी सडक सञ्जालसँग जोडी यसको स्तरोन्नती गरिनेछ ।
0 जनताको सेवक, जनताको सहयात्री र स्वयंसेवकको रुपमा जनप्रतिनिधीहरुले कार्य गरिनेछ ।
0 मुटुरोग, मृगौला तथा गम्भिर प्रकृतिका रोगहरुको लागि पालिकाबाट नियमानुसार आवश्यक सहयोग गरिनेछ ।
0 सडक सौर्य बत्ती तथा उज्यालो गाउँ अभियान सञ्चालन गरिनेछ ।
0 महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहन तथा क्षमता विकासका कार्य गरिनेछ ।
0 उत्पादन नहुने कुनै पनि भौतिक संरचना तथा सामाजिक कार्यमा लगानी गरिनेछैन ।
0 वितरणमुखी कार्यक्रमहरुलाई निरुत्साहन गरी उत्पादनमुखी कार्यक्रमहरु लाई प्रोत्साहन गरिनेछ ।
0 कृषि तथा पशु पालनमा गर्ने किसानहरुलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ ।
0 किसानले उत्पादन गरेको कृषि तथा पशुजन्य पदार्थहरुको उचित मूल्य निर्धारण गरी विक्रि वितरणमा सहजता गरिनेछ ।
0 “निरोगी कालिका स्वस्थ पालिका”का विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
0 “कालिकाको हित— गोठ र बारीमा कृषि प्राविधिक” सेवालाई विस्तार गरिनेछ ।
0 “फोहरबाट मोहर उद्योग” सञ्चालन गरिनेछ ।
0 परम्परागत सिप भएका तर आर्थिक रुपले विपन्न समुदायलाई आवश्यक प्राविधिक सहयोग गरिनेछ ।
0 प्रत्येक वडामा मनोपरामर्श सहितको योग केन्द्र स्थापना गरिनेछ ।
हाम्रो संकल्प
0 हामी शासक होइन सेवकको रुपमा काम गर्नेछौँ ।
0 हामी जन प्रतिनिधिहरु सामाजिकजागरण र विकासका अभियन्ता हुने छौँ ।
0 हामिले सदाचारमा दृष्टान्त स्थापित गर्नेछौँ ।
0 हामि कुनै पनि भ्रष्टाचारमा संलग्न हुने छैनौँ र भ्रष्टाचारको कडाइका साथ नियन्त्रण गर्ने छौँ ।
0 हामीहरुले सामाजिक न्याय, मानव अधिकारको रक्षा र समुन्नत समाज निर्माणमा अग्रणी भूमिका खेल्ने छौँ ।