लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ।

Advertisement 1

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट ८, ललितपुरबाट ६, जुम्लाबाट ४, सुर्खेतबाट ३, मोरङ, सिन्धुपाल्चोक, तनहुँ, रुपन्देही र बाँकेबाट २/२ तथा सिरहा र कैलालीबाट १/१ जना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुबाट लागुऔषध खैरोहेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, प्रोमेथाजाइन, स्पास्मो र ट्रामाडोल बरामद गरेको छ।

प्रकाशित :२०८३ जेष्ठ २९, शुक्रबार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry