भन्सार प्रमुखसहित ५ उपसचिवको सरुवा

काठमाडौं। अर्थ मन्त्रालयले भन्सार कार्यालयका प्रमुखसहित ५ उपसचिवको सरुवा गरेको छ।
Advertisement 1
मन्त्रालयले गरेको निर्णयअनुसार मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानालाई रसुवा भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा कार्यरत उपसचिव दिपेन्द्र प्रकाश गिरीलाई तातोपानी भन्सार कार्यालयमा सरुवा गरिएको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र प्रसाद चुडाललाई भन्सार जाँचपास परीक्षण कार्यालयमा सरुवा गरिएको छ भने रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी प्रसाद भट्टराईलाई भन्सार विभागमा पठाइएको छ। राजस्व अनुसन्धान विभागमा कार्यरत उपसचिव अशोक गुरागाईलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको अर्थ मन्त्रालयको प्रशासन शाखा ले जनाएको छ।
प्रकाशित :२०८३ जेष्ठ २०, बुधबार १०:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








