वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत गर्ने जनाएको छ। वैदेशिक रोजगार विभागले सोमवार सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाअनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको हो।

Advertisement 1

वैदेशिक रोजगार विभागले अनलाइनमार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नुपर्ने नयाँ शर्तसहित विभिन्न मापदण्ड अनिवार्य गरेको हो।

विभागका अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति आवेदन दिँदा यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश र कम्पनीका लागि मात्र आवेदन दिएको हुनुपर्ने छ। संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा यो नियम लागू नहुने विभागले जनाएको छ।

Advertisement 2

विभागले विज्ञप्तीमार्फत कम्तीमा ३ महिना अवधि भएको राहदानी हुनुपर्ने, भिसा वैध हुनुपर्ने, कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, आवधिक जीवन बिमा गरेको हुनुपर्नेलगायत शर्त अनिवार्य गरेको हो।

अनलाइन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र सञ्चारमैत्री बनाउन यी शर्तहरू अघि सारिएको जनाइएको छ। विभागले शर्त पूरा नभएका आवेदनलाई प्रणालीले स्वतः अस्वीकृत गर्ने भएकाले आवश्यक सजगता अपनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।

प्रकाशित :२०८३ जेष्ठ १९, मंगलवार १२:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry