हेटौँडामा गणतन्त्र दिवस मनाइयो

मकवानपुर। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकार र स्थानीय निकायका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले सुशासन कायम गर्न दलहरु एकजुट हुनुपर्ने बताए।
Advertisement 1
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले स्थानीय निकायसँग समन्वय सहकार्य गर्दै जनताको आधारभूत आवश्यकता पूरा गर्ने बताए।
त्यसअवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक दलहरुले आफूलाई विगतमा भएका गल्तिहरुको आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
Advertisement 2
कार्यक्रममा प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित खेलकुद, झाँकी प्रदर्शन र माध्यमिक विद्यालय स्तरीय निमन्त्रण प्रतियोगितामा पुरस्कृत हुनुभएका विभिन्न व्यक्तिहरुलाई क्रमशः पुरस्कार र प्रशंसाप्रत्र प्रदान गरेका थिए।
४ सञ्चारकर्मी पुरस्कृत
Advertisement 3
गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गणतान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ४ जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ।
पुरस्कृत हुनेमा मकवानपुरका कुमार अधिकारी र सुनिता विष्ट, रामेछापका युवराज श्रेष्ठ र ललितपुरका कृष्ण विष्ट हुन्।
उनीहरुलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गरे।








