२० जना नासुको सरुवा, कर्मचारी नेता कहलिएकालाई पठाइयो इलाका प्रशासन

काठमाडौं। गृह मन्त्रालयले २० जना नायब सुब्बा (नासु) को सरुवा गरेको छ। भर्खरै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा खटाइएका ट्रेड युनियनका नेता कहलिएका नासुहरूलाई मन्त्रालयले मंगलबार विभिन्न जिल्ला प्रशासन कार्यालयमा खटाएको हो।

Advertisement 1

सरुवा गरिएकामध्ये अधिकांश कर्मचारी ट्रेड युनियन गतिविधिमा आबद्ध तथा लामो समयदेखि सिंहदरबार र ओल्लो शाखा देखि पल्लो शाखा गरि सिंहदरबार ओरि परि घुमेको कर्मचारी वृत्तमा चर्चा छ। ती कर्मचारीमध्ये केही लामो समयदेखि उपत्यकाभित्रै केन्द्रित रहेर कार्यरत थिए।

वालेन्द्र नेतृत्वको सरकार गठनपछि पहिलो चरणमै ट्रेड युनियन संरचना खारेज गर्ने निर्णय गरिएको थियो। त्यसपछि ट्रेड युनियन गतिविधिमा संलग्न कर्मचारीहरूलाई उपत्यकाबाहिरका कार्यालयमा खटाउने क्रम अघि बढाइएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भनाई छ।

Advertisement 2

यसरी खटाइएकामध्ये सिमित कर्मचारीले काठमाडौंमै रहेर तोकिएको कार्यालयमा जिम्मेवारी निर्वाह गरिरहेका थिए भने अधिकांश कर्मचारी संगठनात्मक गतिविधिमा बढी सक्रिय रहेको चर्चा कर्मचारी वृत्तमा हुने गरेको छ।

आफूलाई भनेकै कार्यालयमा भनेजति नै अवधि राखिनुपर्ने माग गर्दै उच्च तहसम्म पहुँच विस्तार गर्ने मात्रै होइन, एकल आन्दोलन नै गर्नतिर लाग्नेहरुकै कारण कर्मचारी प्रशासन प्रणालीमाथि प्रश्न उठ्ने गरेको भन्दै कर्मचारी वृत्तमा चर्चा हुने गरेको छ। यस्तै गतिविधिका कारण ट्रेड युनियन चरम आलोचनाको विषय बन्न पुगेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीहरूले समेत स्वीकारेको अवस्था छ।

CCF_000069-1
प्रकाशित :२०८३ जेष्ठ १३, बुधबार ११:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry