सशस्त्र प्रहरीद्वारा सुनसरीमा प्राकृतिक प्रकोपको उद्धार पूर्वाभ्यास
वर्षायाम सुरु भएसँगै बाढीपहिरोबाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरणबारे सुरक्षा निकायले संयुक्त रूपमा पूर्वाभ्यास सम्पन्न गरेका छन् । सुनसरी बराहक्षेत्र चतरा स्थित मोरङ सिँचाँई आयोजनाको नहरमा ४ गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले एकसाथ पूर्वतयारी अभ्यास गरेका हुन् ।
Advertisement 1
सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्वाहाङ्गफले नदी तथा पोखरीमा फसेकालाई गरिने उद्धार, बेपत्ताको खोजीबारे पूर्वतयारीलगायत अभ्यास गरिएको बताए । जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिको उपस्थितमा आयोजित संयुक्त पूर्वाभ्यास सम्पन्न भएको छ । उक्त अभ्यसमा सशस्त्र प्रहरी बल, नेपाल नं ४ गणका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्बाहाङ्गफे, सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाद सिग्देल, नेपाल रेडक्रस सुनसरीका पदाधिकारीहरु, बराह क्षेत्र नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष किसन थापा मगर र वडा नंम्बर २ का वडा अध्यक्ष होम प्रसाद गौतम लगायत महेन्द्र मा.वि. चक्रघट्टी र आदर्श मा.वि. पुनर्वासका बिद्यार्थी तथा स्थानिय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
Advertisement 2
विपत् व्यवस्थापनमा खटिएका कतिपय सुरक्षाकर्मी आफैँ फस्ने र दुर्घटनामा समेत पर्ने गरेका छन् । तालिममा त्यसबाट कसरी जोगिने तथा फसेमा कसरी उद्धार गर्ने भन्नेबारे पूर्वाभ्यास गरिएको थियो । वर्षायाम सुरु भएसँगै बाढीपहिरोबाट हुन सक्ने क्षति तथा सम्भावित विपत्का क्षेत्र पहिचान गरी खोलाकिनार तथा सम्भावित पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
नेपालमा प्रत्येक वर्षायाममा बाढीपहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति हुने गरेको छ । यस वर्षको मनसुन र वर्षाका कारण करिब २० लाख नागरिक प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ ।