प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौं। नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण आज सम्पन्न भएको छ।

Advertisement 1

यसै सन्दर्भमा आज जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले उक्त प्रतियोगितामा ‘च्याम्पियन’ हुने त्रिभुवन आर्मी क्लब, पुरुष एकल तथा महिला एकल प्रतियोगिताका विजेता क्रमशः प्रदीप खड्का र सिभाली गुरुङलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे।

यसैगरी सो प्रतियोगिताअन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि सो समारोहमा पुरस्कार वितरण गरिएको थियो।

Advertisement 2

यही जेठ ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको थियो। प्रतियोगितामा १२ वटा क्लबका दुई १८ जना खेलाडीले १३ वटा विधाका खेलमा प्रतिस्पर्धा गरेका थिए।

समापन समारोहमा बलाधिकृत, तीनवटै सुरक्षा निकायका प्रमुख, रथीवृन्द, नेपाल टेनिस सङ्घ तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, विभिन्न टेनिस क्लबमा आबद्ध पदाधिकारीलगायतको उपस्थिति थियो।

प्रकाशित :२०८३ जेष्ठ १२, मंगलवार १४:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry