कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी

मुगु। मुगुको सोरु गाउँपालिका–७ कि बालसुन्दरी विष्ट मात्र होइन, अधिकांश विद्यार्थी उपयुक्त कोठा नहँुदा टहरामा पढ्न बाध्य छन्।

Advertisement 1

गाउँपालिकामा रहेको एकमात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौं भयो।

प्रावि तहमा सामान्य कक्षा कोठा भए पनि निमाविदेखि माविसम्म विद्यार्थीहरु जस्ताको टहरामा बसेर पढ्न बाध्य छन्। कक्षाकोठाको अभावले विद्यार्थीलाई जस्तोको टहरोभित्र बसालेर पढाउनुपरेको प्रधानध्यापक रत्नराज चौलागाईले बताए।

Advertisement 2

दुर्गम बस्तीका सहरमा गएर पढ्न नसक्ने गरिब जेहेन्दार विद्यार्थीको लागि शिक्षा प्रदान गर्ने उद्देश्यले यो आवासिय विद्यालय सञ्चालन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्कबहादुर विष्टले जानकारी दिए।

अभिभावक वर्ग, नागरिक अगुवा वडासदस्य सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र सङ्घीय सरकार शिक्षा मन्त्रालयसँग तत्काल बजेट व्यवस्था गरी विद्यालयमा भवन र सुरक्षित कक्षाकोठा निर्माण गरिदिन माग गरे पनि सुनवाइ हुनसकेको छैन।

Advertisement 3

उक्त आवासीय माविमा बुम्च, ख्याल्च, सिरुपाट, गोइलपानी, पारपानी, तारापानीलगायत बस्तीबाट विद्यार्थीहरु पढ्न आउने गरेका छन्।

प्रकाशित :२०८३ जेष्ठ १२, मंगलवार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry