अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि–२० अन्तरराष्ट्रिय खेलमा पराजित गरेको छ।

Advertisement 1

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको हो। जितका लागि मलेसियाले दिएको ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३२ रनको योगदान दिइन्। उनले ३९ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाएकी हुन्। त्यस्तै रुबी पोद्दारले १५ रन बनाउँदा कविता जोशीले ६ जोडिन्।

Advertisement 2

बलिङतर्फ मलेसियाकी नूर कलिसाले ३ विकेट लिइन् भने आइसा एलिसा र एल्सा हन्टरले समान २ २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल बनाएको थियो। मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन्। त्यस्तै, कप्तान मास एलिसाले ८ रन जोड्दा माहिरा इजाती र एर्दिना बेलले समान सात–सात रन बनाए।

नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने रिया शर्मा र मनिषा उपाध्यायले समान २–२ विकेट लिए। कविता कुँवर र सीता रानामगरले समान १–१ विकेट लिए।

Advertisement 3

एसियन छनोट तथा एसिसी प्रिमियर कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले मलेसियासँग २ अभ्यास खेल खेल्न लागेको हो। नेपाल र मलेसियाबीचको दोस्रो खेल यही जेठ ८ गते हुनेछ।

प्रकाशित :२०८३ जेष्ठ ६, बुधबार १४:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry