तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

मुस्ताङ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन्।
Advertisement 1
बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरुको उपस्थितिले लोमान्थाङ बजारका झन्डै ३ दर्जन बढी होटलहरु पर्यटकले भरिभराउ भएका हुन्।
तिजी अवलोकन गर्न बुधबार ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना (एक्याप) जनाएको छ। तिब्बती संस्कृति झल्किने करिब ६ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले राससलाई जानकारी दिए।
Advertisement 2
यो पर्वका अवसरमा खुखशान्तिको कामना गर्र्दै बुधबारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन्। साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ। तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन्।












