स्वास्थ्य बीमा बोर्डको सेवा आज ३ घण्टा अवरुद्ध हुने

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले आफ्नो बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा केही समयका लागि अवरुद्ध हुने जनाएको छ। बोर्डले जारी गरेको सूचनाअनुसार एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) मा सञ्चालनमा रहेको सर्भर परिवर्तन (Replace) गर्नुपर्ने भएकाले आज शुक्रबार साँझ ६ बजेदेखि राति ९ बजेसम्म सेवा प्रभावित हुनेछ।
Advertisement 1
बोर्डका अनुसार उक्त अवधिमा बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत प्रदान गरिने सम्पूर्ण सेवा अवरुद्ध रहनेछ। सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति बोर्डले क्षमायाचना समेत गरेको छ।
यसैबीच, स्वास्थ्य बीमा बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई तोकिएको समयअगावै आवश्यक दाबी प्रक्रियाहरू अनिवार्य रूपमा सम्पन्न गर्न अनुरोध गरेको छ।
Advertisement 2

प्रकाशित :२०८३ बैशाख २५, शुक्रबार १२:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












