केही खुकुलो पारेर जेठ मसान्तसम्मै लम्बाइयो निषेधाज्ञा

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा यो जेष्ठ मसान्तसम्म लम्बिने भएको छ । उपत्याकाको तीनै जिल्ला काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली,भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागीतामा बसेको बैठकले निषेधाज्ञाको अवधि जेठ महिनाभर लम्ब्याउने निर्णय गरेका हुन् । अबजेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने भएको छ ।

Advertisement 1


थपिएको निषेधाज्ञा अवधिलाई केही खुकुलो बनाइएको छ । यस अघि गत १४ बाट एक सात उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । यस्तै, फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्। किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय आजको बैठकले गरेको छ । यस्तै बैठकले सार्वजनिक निर्माणलाई खुल्ला गर्ने,निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय भएको छ ।
यातायातमा भने पूरानै नियम यथावत राखिएको छ । निजी संघसंस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

प्रकाशित :२०७८ जेष्ठ १९, बुधबार १३:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry