सिँचाइ आयोजना अब अलपत्र नछोडिने, भेरी–बबई आयोजना २ वर्षभित्र पूरा गर्ने लक्ष्य

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सिक्टा, भेरी–बबई, रानी जमरा कुलरिया र सुनकोशी–मरिन जस्ता राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरू अब अलपत्र अवस्थामा नछोडिने बताएका छन्। ७३औँ सिँचाइ दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

Advertisement 1

मन्त्री श्रेष्ठले सुनकोशी–मरिन आयोजनाको पुनः खरिद प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिँदै भेरी–बबई आयोजना २ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको बताए।

उनले गण्डकि, नारायणी, बागमती तथा सुनसरी–मोरङ जस्ता ठूला सिँचाइ प्रणालीको मर्मत, पुनस्र्थापना र व्यवस्थापकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। “वास्तविक अवरोधहरू कहाँ छन्? त्यसको जानकारी दिनुहोस्, हामी समाधानको प्रयास गर्नेछौं,” उनले भने।

Advertisement 2

मन्त्री श्रेष्ठले कर्मचारीसँग रहेको प्राविधिक ज्ञान नीतिगत दस्तावेजले प्रतिस्थापन गर्न नसक्ने उल्लेख गर्दै कार्यान्वयनमा साझेदारी आवश्यक रहेको बताए।

उनका अनुसार सिँचाइ प्रणालीलाई अब खेतमा पानी पु¥याउने माध्यमका रूपमा मात्र नभई ऊर्जा, खाद्य सुरक्षा, वातावरण र जीविकोपार्जनसँग जोडिएको एकीकृत प्रणालीका रूपमा विकास गरिनेछ। “पानीले ऊर्जा, सिँचाइ र कृषि कुन मन्त्रालयको कार्यक्षेत्र हो भन्ने चिन्दैन,” उनले भने, “अवरोध अन्त्यका लागि अन्तरमन्त्रालय तथा निकायबीच समन्वय अनिवार्य छ।”

Advertisement 3

उनले तल्लो तटीय लाभ, बाढी नियन्त्रण तथा नदी किनारका समुदायलाई पुग्ने फाइदालाई समेत नीतिमा समावेश गरिएको जानकारी दिए।

प्रकाशित :२०८२ चैत्र २६, बिहीबार १०:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry