२०५ गोही नदीमा छाडियो

चितवन। चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ। चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोही छाडिएका हुन्।

Advertisement 1

गत आर्थिक वर्षमा गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही नदीमा छाडिएका थिए। केन्द्रमा हुर्काइएका गोहीमध्ये हालसम्म दुई हजार २८० गोही विभिन्न नदीमा छाडिएका छन्। कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नारायणी नदीमा ४१९, राप्ती नदीमा १ हजार ५२५, कालीगण्डकी नदीमा ३५, सप्तकोसीमा १०५ र कर्णालीमा ४१ वटा गोही छाडिएका छन्।

त्यसैगरी बबइ नदीमा ११०, चौधर नदीमा २५ र बाँकेको पश्चिम राप्ती नदीमा १० वटा गोही छाडिएको उनले जानकारी दिए। हाल निकुञ्जको प्रजनन केन्द्रमा ५९८ वटा गोही छन्। झण्डै ५ वर्ष उमेरका गोहीलाई नदीमा छाडिन्छ। सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ। नेपालमा धेरै गोही पाइने नदीमा राप्ती पर्दछ। गोही छाडिएका नदी किनारमा अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा ह्याचिङ गरेर चल्ला निकाल्ने गरिन्छ।

Advertisement 2

तीनै चल्ला हुर्काएर नदीमा छाड्ने गरिएको हो। नदीमा छाडिएका बच्चा न्यून सङ्ख्यामा हुर्किएको पाइन्छ भने धेरै बगेर भारत पुग्ने गर्दछन्। कतिपय जालमा परेर र सिकारीको आक्रमणमा पर्ने गर्दछन्। नदी प्रदूषणका कारण पनि गोही उच्च जोखिममा पर्ने गरेको छ।

प्रकाशित :२०८२ चैत्र ५, बिहीबार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम