९ करोड २ लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत। सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित रु ९ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ।
Advertisement 1
नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी ८ आना जग्गामा चारतले भवन निर्माण भएको हो।
रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिँदै यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भएको बताए।
–––
प्रकाशित :२०८२ चैत्र ४, बुधबार ११:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













