म चाहिन्न हजुरलाई

हो हजुर
म सँग चाकडी गर्ने बानी छैन
चिप्लोपनको खानी छैन
न बक्सिस चढाउन मान्छ यो मन
न कसैको काम गरिदिन रिसवत खान्छ यो ज्यान
यस्तो पाराले मेरो को सँग पहुँच हुन्छ र ?
मेरो बोली आग्रह कसले पो सुन्छ र ?
त्यसैले
म हजुरलाई चाहिन्न
म बाट गर्नुपर्ने काममात्र होइन
मैले गर्न मिल्दैन भनेको काम पनि हजुरले
अरुबाटै गराउन सक्नुहुन्छ
मैले नै गर्नुपर्ने रहेछ भनेपनि
मलाई बरण्डामा राखेर
मेरो ठाउँमा
अर्कोलाई सरुवा गराउने ल्याकत राख्नुहुन्छ
अनि मेरो कुरा किन सुन्नु ?
मेरो कुरा किन मान्नु ??
मेरो फोन पनि किन उठाउनु ???
मलाई किन भेट्नु ????
म जस्ताको कुनै अर्थ छैन हजुरलाई
हो हजुर
हजुरलाई म चाहिन्न
प्रकाशित :२०८० जेष्ठ १४, आईतवार ०९:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry