भोजपुरमा तेह्र पक्की पुल निर्माण

भोजपुर। सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ।
Advertisement 1
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा रु ७ करोड ५० लाख, आरीखोलामा रु ३ करोड, वेहेरे खोलामा रु ३ करोड ५० लाख, खाल्डे पिखुवा खोलामा रु २ करोड ५० लाख, राउते खोलामा रु ३ करोड ५० लाख, कावाखोला रु ७ करोड ५० लाख र श्यामखोला रु ३ करोड ४२ लाखको लागतमा पक्की पुल निर्माण भएका हुन्।
त्यसैगरी, बङ्खुवा खोलामा रु २ करोड २५ लाख, गङ्खुवा खोलामा रु ४ करोड ५० लाख, सिक्तेल खोलामा रु ४ करोड, एखुवा खोलामा रु ६ करोड ६० लाख, चिरखुवा खोलामा रु ५ करोड ६३ लाखमा पक्की पुल निर्माण भएका हुन्। तामुटारमारु ६ करोड ३५ लाखमा निर्माणाधीन पुल अन्तिम चरणमा छ।
प्रकाशित :२०८२ फाल्गुन ६, बुधबार १२:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













