सशस्त्रले समात्यो लाखौंको सामान

सशस्त्र प्रहरी बलले १० लाख ९६ हजार बराबरको भन्सार छ्लीको अबैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी ४ नम्बर  गण  सुनसरीले जिल्लाको बिभिन्न स्थानहरुबाट लत्ताकपडा, किराना ईलेक्ट्रोनिक सामान, माछा र मोटरसाइकल नियन्त्रणमा लिएकाे हाे ।

Advertisement 1

सिमा सुरक्षा गुल्म कप्तानगंज र श्रीपुरबाट खटिएको टोलिले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा  लत्ताकपडा, किराना ईलेक्ट्रोनिक सामान, माछा र मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ ।

चतराबाट खटिएको ५ जनाको चेक प्वाईन्ट टोलीले पशु क्वारेन्टाईनको बाटो छलि सिरहा र सप्तरीबाट सुनसरी को धरान तर्फ प्र. २ ०१ ००१च ००३९ रस १ च १३७३ नम्बरको बोलेरो पिकअपमा राखी ल्याउँदै गरेको  ९५० गोटा बोईलर कुखुरा नियन्त्रणमा लिएको हाे । उक्त सामानको मुल्य रु.३ लाख ९६ हजार ५ सय ६४ कायम गरिएको छ  ।

Advertisement 2

त्यस्तै हरिपुरले ४० के.जी मुङ्गी माछा र बि.ओ.पि श्रीपुरले  २० वटा लेस कुखुरा समेत वरामवद गरी कार्यालय परिसरमा स्थानिय प्रतिनिधी र भद्रभलादमीको रोहवरमा नष्ट गरिएको छ ।

सवारी चालक जिल्ला सिन्धुली गोल्नजर गाउपालिका ६ बस्ने वर्ष ३३ को केशब लाल विश्वकर्मालाई पक्राउ गरेको छ ।

प्रकाशित :२०८० श्रावण २०, शनिबार ०८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry