न सच्चिनेहरू सक्किन्छन् नै

यो प्राकृतिक नियम नै हो कि प्रकृति संग एकाकार हुन नसक्नेहरू लोप हुन्छन्। अंग्रेजीमा एउटा भनाइ छ- “Survival of the fittest “ यसको अर्थ हो कि त्यस्ताको मात्र अस्तित्व कायम रहन सक्छ जुन सबै भन्दा योग्य छ। अस्त्तित्वका लागि योग्य हुन जरूरी छ। यो नियम राजनीतिमा पनि लागू हुन्छ।

Advertisement 1

नेपालको राजनीतिक ईतिहांस हेर्ने हो भने पनि आफूलाई समय अनुकूल बनाउन नसकेर राणाहरू, राजाहरू सत्ताबाट हटेर गएको देखिन्छ।

एउटा सामान्य उदाहरण लिऊ- बढ्दो उचाईमा यात्रा गर्दा समेत आफूलाई पर्यावरण संग मिलाउन नसक्नेहरू सो उचाई नाप्न असफल भएको पाईन्छ। त्यसैले राजनीति गर्छु भन्ने दल र यसका नेताहरूले समयको चाप संगै आफूलाई हिडाउन सकेनन् भने ती असफल हुन्छन्।

Advertisement 2

नेपालमा राजनीति गर्छु भन्नेहरू समय सापेक्ष हुन सकेनन्, राजनीतिक विचारले समयलाई पछ्याउन सकेन तर सेवाग्राहीको चाहना समय सापेक्ष हुदै गयो, राजनीतिले समयलाई सम्वोधन गर्न सकेन तर यूवाहरूमा विश्वका परिवर्तित अवधारणाहरू समाहित हुन पुगे। यस्तो स्थितिमा यी दुई पक्ष बीच द्वन्द बढ्दै गयो। यस किसिमको द्वन्द विश्वका विभिन्न देश हुदै नेपालमा पनि जेन जी नामबाट प्रवेश गर्यो। यस कै कारण नेपालमा राजनीतिक परिवर्तनको वातावरण बन्दै गयो। यसैलाई संस्थागत गर्न यही फाल्गुन २१ मा प्रतिनिधिसभाको निर्वाचन हुन गै रहेको छ।
यो चुनावमा बिभिन्न राजनीतिक दलहरू प्रतिस्पर्धामा आए पनि यी दलहरूलाई ३ कोटीमा विभाजन गर्न सकिन्छ।

पहिलो श्रेणीमा परिवर्तनलाई सम्बोधन गर्ने दलहरू पर्दछन्- ती हुन् रास्वपा र नेका। यी दुबै दल परीक्षण भै सकेका हुन तर पनि जेन जी को संख्यात्मक उपस्थिति रास्वपामा देखिन्छ भने भावनात्मक उपस्थिति नेकामा देखिन्छ। यहां नेका भन्नाले विशेष महाधिवेशनबाट समर्थित नेका वा यूवा नेकालाई भन्न खोजिएको हो। यो पुनर्परिभाषित एवं पुनर्संगठित नेकाले यूवाको चाहना अनुसार नयां नीति सहित नयां नेत्तृत्त्व दिएर आफूलाई समय सापेक्ष बनाएको छ। हरेक निर्वाचन क्षेत्रमा संगठित यो पार्टीले पार्टीका पुराना बिचार र नेतालाई पाखा लगाउदै अगाडि बढेको पाईन्छ।

Advertisement 3

रास्वपा सुधारिन नचाहेका पुराना पार्टी संग वाक्क र दिक्क भएका कार्यकर्ताहरू मिलेर बनेको पार्टी हो। यसको राजनीतिक दर्शन स्पष्ट छैन र यसको संगठन सबै निर्वाचन क्षेत्रमा समेत पुग्न नभ्याउदै यसको नेत्तृत्त्व नै विवादमा पर्यो। यसैको कारण कुनै बेला लोकप्रीय मत पाएका कामपाका मेयरलाई वरिष्ठको नाम दिएर निर्वाचनमा होमिएको छ। रास्वपा त्यति पुरानो नभए पनि छोटो समयमा नै सत्तामा जाने हतार गर्नाले र आफ्ना कमी कमजोरी स्वीकार गरेर तिनीहरूलाई सुधार गर्ने प्रयास नगरेकोले यो पार्टीलाई आफ्नो पुरानो लोक प्रीयता जोगाउन हम्मे हम्मे परेको छ। कता कता यो पार्टी जताततै बाट प्वांख जम्मा गरेर बनेको नक्कली मयूर जस्तै देखिन पुगेको छ।

यसै प्रसंगमा एमालेलाई हेर्यौ भने त्यहा के देखिन्छ भने त्यो पार्टी भित्र सुधारिन चाहने र सुधार्न चाहने यूवा पंक्ति हुदाहुदै पनि कथित स्कूलिंगको कारण देखाई हठवादी पुरानै नेत्तृत्त्वको जिम्मामा पार्टी सुम्पिएको अवस्था छ। पार्टीको जिम्मा पुराना पुस्ताले लिए पनि बिचार र ब्यबहारमा केही सुधार आएको भए त केही विशेष हुने थियो नि त्यो चाही पटक्कै भएन, सुध्रिने र सच्चिने कुनै ब्यबहार देखिएन, उल्टै आफ्नो विगतको गलत भूमिकालाई समर्थन गर्दै नयां पुस्ताको भावनालाई कुल्चेको पाईयो। यसैले यो पार्टीले पनि बदलिदो परिवेशलाई आत्मसाथ गरेको पाईएन।

परिवर्तनको कुरा गरिरहदा विश्वमै जेन जी जेन जी भनिएको छ। यही समूहको नामबाट भएका आन्दोलनबाट हाम्रा छिमेकी देश खासगरी बंगलादेशको अन्तरीम सरकार र आम निर्वाचनको नतीजालाई हेर्ने हो भने जेन जी को पक्षमा नतिजा आएको देखिएन र यस्तै नतिजा थाई ल्याण्डमा पनि देखियो। हुन त नेपाल संग ती देशको सामाजिक, राजनीतिक र आर्थिक परिवेशमा पृथकता देखिन्छ तै पनि यी देशमा आएको राजनीतिक नतीजाले पक्कै पनि जेन जी समूहलाई प्रोत्साहन गर्दैन होला तर जेन जी ले उठाएको सुशासन र भ्रष्टाचार विरोधी अबधारणाको सम्बोधन नगरे सम्म राजनीति सफल हुने देखिदैन।

हाल चुनावमा होमिएका नेपालका राजनीतिक दलहरू मध्ये जेन जीले सतहमा ल्याएका मागहरू पूरा गर्ने ल्याकत राख्ने दलहरूलाई नै विजयी गराउनु मतदाताको दायित्व हो। यस प्रसंगमा ती दल मात्र सक्षम हुन्छन् जुन दलले समयको पदचापलाई पछ्याउन सक्छन् जसको गन्तब्य स्पस्ट छ, जसको आर्थिक र कुटनीतिक गन्तब्य स्पस्ट छ र जस्को नेत्तृत्त्वको दृष्टिमा दूर दर्शिता छ। यसैले यस पटकको चुनाव परम्परागत चुनाव जस्तो कर्मकाण्डी नहोस् र यसले मुलुक र मुलुकवासीको समस्या सम्बोधन गर्न सकोस्, शुभकामना छ।

प्रकाशित :२०८२ फाल्गुन ५, मंगलवार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry