क्यान्सर दिवसमा सिएमसिमा निःशुल्क बहिरङ्ग सेवा

चितवन। विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा निःशुल्क बहिरङ्ग सेवा (ओपिडी) सुरु गरिएको छ। विश्व क्यान्सर दिवस २०२६ को अवसरमा यही माघ १९ गतेदेखि २४ गतेसम्म बहिरङ्ग सेवा निःशुल्क र क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुटसमेतको व्यवस्था गरिएको इन्स्टिच्युटले जनाएको छ।
Advertisement 1
विश्व क्यान्सर दिवसको अवसरमा अस्पतालले आज सचेतना ¥यालीको आयोजना गरेको छ। अस्पतालबाट सुरु भएको ¥यालीले भरतपुरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो। ¥यालीमा कलेजका प्राध्यापक, अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थीहरूको सहभागिता थियो।
क्यान्सर सचेतना र समयमै पहिचानको उद्देश्यसहित विशेष स्वास्थ्य सेवा अभियान सञ्चालन गरिएको अस्पतालले जनाएको छ। यस अभियानको मुख्य उद्देश्य क्यान्सर रोगको प्रारम्भिक पहिचान गरी समयमै उपचारमा सहयोग पु¥याउनु रहेको इन्स्टिच्युटका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए।
Advertisement 2
विशेष अभियानअन्तर्गत पुरुषहरूका लागि विभिन्न परीक्षण समावेश गरिएको क्यान्सर स्क्रिनिङ प्याकेज उपलब्ध गराएको छ। रगतको मात्रा मापन, कलेजोको कार्य परीक्षण, मिर्गाैलाको कार्य परीक्षण, रगतको मधुमेहको परीक्षण, प्रोस्टेट क्यान्सर परीक्षण, छातीको एक्स–रे, पेटको भिडियो एक्सरे सेवा रहेका छन्।
यसैगरी महिलाका लागि क्यान्सर स्क्रिनिङ प्याकेजअन्तर्गत रगतको मात्रा मापन, कलेजोको कार्य परीक्षण, मृगौलाको कार्य परीक्षण, रगतको मधुमेह परीक्षण, पाठेघरको मुखको परीक्षण, छातीको एक्स–रे, पेटको अल्ट्रासाउन्ड, स्तनको अल्ट्रासाउन्ड रहेका छन्। महिला र पुरुष दुवैले आफ्नो शरीरमा क्यान्सर छ÷छैन भन्नेबारे जानकारी लिन परीक्षण गराइने देवकोटाले जानकारी दिए। उनका अनुसार यी सबै परीक्षण शुल्कमा ५० प्रतिशत छुट दिइएको छ।
Advertisement 3
इन्स्टिच्युटले क्यान्सरजस्तो गम्भीर रोगबारे जनचेतना फैलाउन तथा समयमै परीक्षण गराउन यो अभियान प्रभावकारी हुने विश्वास लिएको उनको भनाइ छ। स्वास्थ्य विशेषज्ञहरूले क्यान्सरको प्रारम्भिक पहिचानले उपचार सफल हुने सम्भावना उच्च रहने भएकाले यस्ता अवसरको सदुपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। इन्स्टिच्युटले सरकारी अस्पतालको दररेटमा क्यान्सरको उपचार गर्दै आइएको जनाएको छ।















