अरुणिमा शैक्षिक प्रतिष्ठानको दिवसः मुख्यसचिवसहित ६ जना सम्मानित

काठमाडौं। काठमाडौँस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित ६ जनालाई सम्मान प्रदान गरिएको छ।

Advertisement 1

विद्यालयद्वारा आज यहाँ आयोजित ‘विशिष्ट व्यक्तित्वको अभिनन्दन’ कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे, समाजसेवी नेपालजित लामा, सर्वजित लामा र खड्गजित लामा तथा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय पुस्तकालय प्रमुख सागरराज सुवेदीलाई विशिष्ट व्यक्तित्वका रूपमा सम्मान गरिएको हो। साथै शिक्षक हर्षनारायण झा र कर्मचारी मञ्जु अधिकारी ढकाललाई २० वर्षे दीर्घसेवा सम्मानद्वारा अभिनन्दन गरिएको छ।

कार्र्यक्रममा प्रमुख अतिथि प्रा डा अभि सुवेदी, प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानालगायत व्यक्तिले संयुक्त रूपमा उनीहरूलाई सम्मान गरेको अरुणिमा शैक्षिक प्रतिष्ठानले जनाएको छ। कार्यक्रमको सुरुमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानमार्फत सञ्चालित शैक्षिक निकायका कार्यक्रम तथा प्रभावकारिताका बारेमा जानकारी दिएका थिए।

Advertisement 2

सोही समारोहमा विद्यालयको प्रथम ब्याच (२०५१) मा एसएलसी दिएका प्रविण न्यौपाने, विन्दिया मानन्धर, मनिष खनाल, सुलक्षण शर्मा, सरोज सुवेदी, गजेन्द्र कर्माचार्य र मेनुका गुरुङले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै अभिनन्दन गरिएको छ।

अभिनन्दित मुख्यसचिव अर्यालले प्रतिष्ठानको स्थापना दिवसको शुभकामना व्यक्त गर्दै अरुणिमाले आफ्ना विद्यार्थीलाई गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रदान गरिरहेकामा प्रशंसा गरे। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले अरुणिमासँग जोडिएका अग्रजसँगको साक्षात्कारबाट आफ्नो कार्यक्षेत्रको कार्यसम्पादनमा थप हौसला मिलेको धारणा राखे।

Advertisement 3

अरुणिमा परोपकार प्रतिष्ठानका सचिव जितेन्द्र श्रेष्ठले सभ्य समाज निर्माणमा गुणस्तरीय शिक्षाको महत्वबारे प्रकाश पारे। प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले प्रतिष्ठान गैरनाफामूलक रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदै समयसापेक्ष योजना तर्जुमा गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले आर्कषक गीत तथा नृत्यसमेत प्रस्तुत गरेका छन्।

प्रकाशित :२०८२ माघ १८, आईतवार १६:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry