मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ३९.४४ प्रतिशत मात्रै चिकित्सक उत्तीर्ण

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन्। काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४४ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएका हुन्। पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार लिइएको परीक्षामा सहभागी ९४३ जनामध्ये ३७२ जना मात्रै उत्तीर्ण भएका छन्।

Advertisement 1

लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए। उनीहरूमध्ये २४ जना अनुपस्थित भएको काउन्सिलले जनाएको छ।

यसपटक मेडिकल (एमबीबीएस तर्फ) ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना सहभागी थिए। त्यसमध्ये ३०० जना (३८.७ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन्। यस्तै डेन्टल तर्फ (बीडीएस) मा १७४ जनाले फारम भरेका थिए भने परीक्षाको वेला १६८ जना मात्रै सहभागी भए। उनीहरूमध्ये ७२ जना (४२.८५ प्रतिशत) मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।

प्रकाशित :२०८२ माघ १५, बिहीबार ११:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry