मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान

जनकपुरधाम। मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ः०० बजेसम्म ३०० भन्दाबढीले मतदान गरेका छन्।

Advertisement 1

राष्ट्रियसभाको ४ वटा सदस्यका लागि ११ जनाको उम्मेदवारी रहेको उक्त निर्वाचनमा मधेस–प्रदेशसभाका सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता छन्।

राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीका अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादव, सभामुख रामआशिष यादव, उपसभामुख बबिता राउत इसरलगायतका पदाधिकारीहरूले मतदान गरिसकेका छन्। आज बिहान ९ः०० बजे सुरु भएको मतदानको समय अपराह्न ३ः०० बजे सम्पन्न हुनेछ।

प्रकाशित :२०८२ माघ ११, आईतवार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry