नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी विभित्र सङ्कायका उत्तीर्ण विद्यार्थीलाई आज दीक्षित गरेका छन्।

Advertisement 1

विश्वविद्यालयद्वारा आयोजित समारोहमा कुलपतिसमेत रशनुभएकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी ५ सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्नुभएको हो। तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो।

प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरे। समारोहमा शिक्षाविद एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहनुभएको छ। विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ।

प्रकाशित :२०८२ माघ ११, आईतवार १३:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry