मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा कोठा भवन निर्माण भएको छ।

Advertisement 1

अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेण्ड्स इभी’को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चार कोठे कक्षाकोठा भवन बनाएका हुन्। कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ।

अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा रु २० लाख र चालु आर्थिक वर्षमा रु ५ लाख ५० हजार बजेट विनियोजन गरेको उक्त भवन निर्माणका लागि जर्मन संस्थाले रु १ लाख ४९ हजार सहयोग गरेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।

Advertisement 2

यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको थियो। कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल १९ जना विद्यार्थी रहेका छन्।

प्रकाशित :२०८२ माघ ८, बिहीबार ११:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry