नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं। आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको हो।

Advertisement 1

यो जितसँगै समूह बी मा रहेको नेदरल्याण्ड्सले ३ खेलबाट ६ अङ्क जोडेको छ। आजको हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल यसअघि पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो।

जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनमा समेटियो। नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन जोडिन्। त्यस्तै सीता राना मगरले अविजित २७ रनको योगदान गरिन् भने बिन्दु रावलले १८ रन बनाइन्।

Advertisement 2

नेदरल्याण्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् भने सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान १÷१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन जोडिन्। त्यस्तै स्टेर कालिसले ३० रन बनाउँदा रोबिन रिके १९ र आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्। नेपालका रुबिना क्षेत्रीले २ विकेट लिइन भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान १÷१ विकेट लिए।

प्रकाशित :२०८२ माघ ८, बिहीबार १३:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry