सहसचिव पंगेनीको ‘ऐनाजस्तै हिमाल हेर्दा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। नेपाल सरकारको सहसचिव तथा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीको नयाँ गीत ‘ऐनाजस्तै हिमाल हेर्दा’ सार्वजनिक गरिएको छ। साहित्यिक संवेदना र सांगीतिक सौन्दर्यलाई समेटेको यो कृति गायिका स्वयंको शब्द रचनामा आधारित छ। गीतमा वरिष्ठ संगीतकार राजकुमार बगरको संगीत र कमल सौरागको संगीत संयोजन रहेको छ। समसामयिक प्रस्तुति र परिष्कृत ध्वनिसंयोजनमार्फत गीतले प्रकृति–प्रेम र भावनात्मक अनुभूतिलाई सशक्त रूपमा उजागर गरेको छ।

Advertisement 1

एभरेष्ट ग्यालरीले निर्माण गरेको म्युजिक भिडियोमा कलाकार सनम कठायत र पुनम श्रेष्ठको अभिनय देख्न सकिन्छ। छायांकन दीपक गिरिले गरेका छन् भने सम्पादन विकास दाहालको रहेको छ।

गीत गायिका पंगेनीको आधिकारिक यु ट्युवच्यानलमार्फत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक गरिएका उनका म्युजिक भिडियोहरू पनि श्रोता–दर्शकमाझ उल्लेख्य चर्चा पाउन सफल भएका थिए। नयाँ गीतले समेत समकालीन नेपाली संगीतमा सन्तुलित सौन्दर्यबोध र परिपक्व प्रस्तुतिको थप उदाहरण प्रस्तुत गरेको छ।

Advertisement 2

प्रकाशित :२०८२ पुष २८, सोमबार ०९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम