४ जना उपसचिव पदमा बढुवा सिफारिस

काठमाडौं। बढुवा समितिको सचिवालयले ४ जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवार सूचना जारी गर्दै रिक्त रहेको उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।

बढुवा समितिको शनिवारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइड्रोलोजी उपसमूह, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदका लागि निराकार थापा रहेका छन्। यस्तै, नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूहतर्फ स्वतन्त्र कुमार कर्ण रहेका छन्।

Advertisement 2

यसैगरी नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन समूहतर्फ अनिल भुजेल र नेपाल इन्जिनियरिङ सेवा, मेटेरियोलोजी समूहतर्फ सन्नी महर्जनलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।

प्रकाशित :२०८२ पुष २७, आईतवार ११:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry