कुन मन्त्रीको सचिवालयमा क कस्लाई नियुक्ति ?
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालय बनाउन सकिरहनुभएको छैन् । उहाँसँग राजनीतिक, प्रेस, परराष्ट्र सल्लाहकार छैनन् । केही अघि प्रशासनिक सल्लाहकारका रुपमा जनार्दन नेपाललाई नियुक्त गर्नुभएको छ । नेपाल पूराना काँग्रेसी नेता उनी टङ्कनाथ शास्त्रीका छोरा, खिलराज रेग्मी सरकारको गृह सचिव । त्यसबाहेक प्रेस सल्लाहकारका रुपमा अघोषित रुपमा गोविन्द परियार,यम बिरही,विजय अधिकारीले सघाइरहेका छनु । तर कसैलाई नियुक्ति दिइएको छैन । स्वकीयको रुपमा उहाँलाई भानु देउवाले सघाइरहेका छन् ।
Advertisement 1
तर प्रधानमन्त्रीभन्दा अघि बढेर मन्त्रीहरुले भट्टाभट सचिवालय भरिसकेका छन् । कतिपय मन्त्रीले आवश्यक नहुने राजनीतिक र प्रेस सल्लाहकार लगेर सचिवालय भर्न भ्याएका छन् । जसमध्ये एक हुन उमाकान्त चौधरी । कृष्ण सिटौलाको कोटाबाट मन्त्री बनेका चौधरीले राजनीतिक सल्लाहकारको रुपमा नारायण अधिकारीलाई नियुक्ति दिएका छन् । प्रेस सल्लाहकारको जिम्मेवारी लिलाराज खनाललाई दिएको छ तर नियुक्ति पत्र भेटेका छैनन् । यस्तै दीपकमणि पोखरेल,कृष्ण चौधरी,पप्पु राय सम्मेलित सचिवालय बनेको छ ।
रक्षा मन्त्री मिनेन्द्र रिजालले निजी सचिवमा सुशील आचार्य,स्वकीय जितेन्द्र ठकुरी र अधिकृत सुनिता भण्डारी सम्मिलित सचिवालय बनाएका छन् ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नीजि सचिवमा गजेन्द्र सिंह भट्ट,प्रमुख स्वकीय केशरसिंह भण्डारी,कृष्ण सिंह महत, महेवा जोशीलाई समेटेर सचिवालय बनाएका छन् ।
यस्तै,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले नीजिमा रेकान्त भट्टराई,स्वकीयमा सुरज महर्जन र कार्यालय सहयोगी कमला सुनुवारसम्मिलित सचिवालय बनाइएको छ ।
Advertisement 2
उता,भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठले नीजि सचिव बिष्णु पौडेल,प्रकाश दुलाल,प्रेस संयोजक तुलसी सापकोटा,स्वकीय अशोक महर्जन र विभन मादिप बानिँया सम्मिलित सचिवालय बनाइएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाको स्वकीय सचिवमा माधव तिमिल्सिना,नीजि सचिवमा मधु मिजार,कोश थापा,स्वकीय सुरज थापा र प्रेस सल्लाहकार शान्ताराम विडारी नियुक्त दिने कुरा छ तर उनले नियुक्ति पत्र हात पारिसकेका छैनन् ।
कृषिमन्त्री महिन्द्र राय यादबको नीजि सचिवमा डा दिनेशकुमार यादव,स्वकीय सचिवमा धिरेन्द्र यादव,समिर प्रजापति र राजु कायरले भरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आफ्नो सचिवालयमा रोल्पाका ६ जना लगेर भरेका छन् । शर्माको जिल्ला रुकुमका एकै परिवारका ५ सदस्य अर्थ मन्त्रालयमा कार्यरत छन् । मन्त्री शर्माले रमेशकुमार केसी,दिलीप केसी,कृष्णबहादुर केसी,सुवर्णप्रभा केसी र ईश्वरी केसी ल्याएर आफ्नो सचिवालय भरेका छन् । उनीहरु एकाघरका हुन । अधिकृत कृष्णबहादुर केसी मन्त्री शर्माको निजी सचिव,उनको बहिनी सुवर्णप्रभा केसी नायब सुब्बा छिन् ।
Advertisement 3
उनलाई पनि मन्त्रीको सचिवालयमा राखिएको छ । उपसचिव दिलीप केसीकी श्रीमती ईश्वरी केसी पनि अर्थ मन्त्रालय अन्तर्गत नै तानेका छन् । त्यहाँ रोल्पाकै उपसचिव अर्जुन भण्डारीलाई गृहमातहतको लागू औषध विभागबाट तानेर अहिले जनार्दन शर्माले आफ्नो सचिवालयमा लगेका छन् ।
यता उर्जामन्त्री पम्फा भुषालको सचिवालयमा हरि दाहाल,सुनिल खनाल,पवित्रा गैरे,माधव अधिकारी र दुर्गा देवकोटा खटिएका छन् ।
यस्तै संष्कृति पर्यटनमन्त्री प्रेम आलेको सचिवालयमा विमल बिष्ट र शहरी विकासमन्त्री रामकुमारी झाक्रीको प्रेस संयोजकमा शिवलाल सुवेदी तोकिएका छन् ।