झापामा ७ हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लामा ७ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

Advertisement 1

निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी(म्यादी सुरक्षाकर्मी) परिचालित हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। यसपटक ४ हजार ७४८ निर्वाचन प्रहरी परिचालित हुनेछन्। यसका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीतर्फ संयुक्त भर्ना प्रक्रिया सुरु भइसकेको छ।

जिल्लामा २८५ मतदानस्थल र ८१५ मतदान केन्द्र तोकिएका छन्। यसमा ९५ मतदानस्थल र २७१ मतदान केन्द्र अतिसंवेदनशील रहेका छन्। प्रजिअ गेलालका अनुसार १४७ मतदानस्थललाई संवेदनशील र ४३ वटालाई सामान्य मानिएको छ। यसैगरी ३९० मतदान केन्द्रलाई संवेदनशील र १०५ लाई सामान्य भनेर वर्गीकरण गरिएको छ। झापामा यसपटक ४९ मतदान केन्द्र थप भएका छन्।

Advertisement 2

निर्वाचनमा परिचालन हुने चार हजार ९४७ निर्वाचन प्रहरीको छनोटका लागि आजदेखि भर्ना प्रक्रिया सुरु भएको छ। आगामी माघ ५ गतेसम्ममा भर्ना हुन चाहनेले दरखास्त दिनुपर्ने भर्नासम्बन्धी सूचनामा उल्लेख छ।

प्रकाशित :२०८२ पुष २५, शुक्रबार ११:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry