वैदेशिक रोजगार विभागको पहिलो महिला महानिर्देशक मिरा आचार्य

काठमाडौं। सहसचिव मिरा आचार्य वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेकी छन्।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रशासन सुधार महाशाखा प्रमुखको जिम्मेवारीमा रहेकी आचार्यलाई केही दिन अघि मन्त्रिपरिषद् को वैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको थियो। उनै आचार्यलाई श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै विभागमा रिक्त रहेको महानिर्देशकर्मा पठाएका हुन् ।

 

Advertisement 2

यस अघि महानिर्देशक पदमा कार्यरत सहसचिव कमलप्रसाद भट्टराईलाई केही दिन अघि ६० जना सहसचिवको सरुवा गर्ने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा सरुवा गरिएको थियो। विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्ने उनी पहिलो महिला महानिर्देशक बनेकी छन्। उनले आजै विभागमा पुगेर पदभार ग्रहणसमेत गरिसकेकी छन्।

 

प्रकाशित :२०८२ पुष १०, बिहीबार ११:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry