केयुमा ‘आइटी–मिट’को आयोजना

काभ्रेपलाञ्चोक। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा ‘आइटी मिट–२०२५’को आयोजना गरिएको छ। विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आयोजित उक्त कार्यक्रममा प्रविधिमा नवीनतम्, सहकार्य र सीप विकास गर्ने गतिविधि सञ्चालन गरिने जनाइएको छ।

Advertisement 1

आइटी–मिटमार्फत विद्यार्थीको प्राविधिक क्षमता, नेतृत्व र सृजनशीलता प्रदर्शन गर्ने उत्कृष्ट ‘प्लेटफर्म’ प्रदान गर्दै आएको क्लबले जनाएको छ। मिटअन्तर्गत यस सातामा अन्य विविध कार्यक्रम सञ्चालन गरिए पनि मिटको मुख्य कार्यक्रम पुस ११ गते ‘प्रोजेक्ट’ प्रदर्शनीमा विद्यार्थीले बनाएका हार्डवेयर र सफ्टवेयरको प्रदर्शनी हुने क्लबका उपाध्यक्ष किरण दाहालले जानकारी दिए। उनका अनुसार करियर फेयरका ११ भन्दा बढी कम्पनीको स्टल राखिनेछ। जहाँ विद्यार्थीले रोजगारीका अवसर र नेटवर्किङको मौका पाउनेछन्। ‘दी एआई वेभः इलुजन अर इनोभेसन’ शीर्षकमा प्यानल छलफल र ‘आइटी क्विज’लगायत विविध कार्यक्रम रहेको दाहालले बताए।

यस्तै ‘कनेक्ट, कम्प्युटर, क्रियट’ भन्ने मूल नाराका साथ आयोजित आइटी मिटमा १५ भन्दा बढी विभिन्न कार्यक्रम समावेश गरिएको जनाइएको छ। मिटमा प्रि–इभेन्टअन्तर्गत ‘इम्पावर–हर’, ‘वी शिल्ड साइबर’, ‘गेमिङ इभेन्ट्स’, ‘आइडिया पिचिन्ङ’ रहेको र प्रदर्शनी र पोस्ट–इभेन्टका विभिन्न कार्यक्रम रहेको छ।

Advertisement 2

विश्वविद्यालयको कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागअन्तर्गत सञ्चालित क्लबले साढे २ दशकदेखि नेपालमा सूचना प्रविधिको विकास र शिक्षाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाइयो।

प्रकाशित :२०८२ पुष ९, बुधबार ११:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry