जेन- जी को सन्देश र नेपाली राजनीतिमा यसको असर

काठमाडौं। जेन- जी लाई सर्व साधारणले बुझ्ने भाषामा नयां पुस्ता भनेर बुझ्न सजिलो हुन्छ। नयां पुस्ताको चाहनालाई पुराना पुस्ताले नबुझेमा वा बुझ्न नचाहेमा के कस्तो परिस्थिति सृजना हुने रहेछ भन्ने कुरा नेपालमा २०८२ भदौ २३ मा भएको जेन-जी को आन्दोलन र सो को भोली पल्ट घटेका घटनाले स्पस्ट पारेका छन्।

Advertisement 1

जेन-जीको चाहना र समस्त नेपालीको चाहना एउटै हो। सरकारले जन चाहना अनुरूप डेलीभरी दिन नसकेको, सरकारको काम कारवाही नतिजामुखी भन्दा प्रकृया मुखी भएको, सुशासनको अभाव भएको, मुलुकमा भ्रष्टाचार बढ्दै गएको, राजनीति सेवा नभएर पेशा बन्दै गएको जस्ता कुराहरू जनताले बुझेर भोगेर बसेका भए पनि आवाज निकाल्न सकेका थिएनन् तर यही आवाज यी जेन- जी पुस्ताले निकालेका हुन्। हाम्रा हरेक राजनीतिक दलहरूमा देखिएको सत्ता मोहले यस्ता विकृतिहरू जन्माएको कुरा सही हो। यी विकृतिहरूको सम्वोधन गर्ने जिम्मा सत्तामा बस्नेहरूकै हो तर यी र यस्ता विकृतिको सम्वोधन गर्दा यी सत्ताधारीको कमाउने भाडो हराउने डरले यिनीहरूले जानी जानी कन यी विकृतिहरू कायमै राखेका हुन्। यिनीहरू सुध्रिउन भनेर नेपालीजनहरुले उठाएका आवाजहरूको वास्ता नहुदा यी आवाजहरू पोखिने माध्यम सामाजिक सन्जाल बन्यो। यसो हुदा पनि उनीहरू सुध्रिएनन् बरू यी आवाज उठाउनेहरूलाई साईवर कानून लगाउन थालियो। यी कानूनी कारवाही पनि न्सम्मानीत अदालतबाट खारेज हुन थाले पछि सामाजिक सन्जाल नियमनका नाममा यी माध्यमहरू सत्ताले वन्द गरिदियो। हरेकको जीवन संग जोडिएका सामाजिक सन्जाल एकाएक वन्द हुदा खासगरी यूवा समूह पानी विनाको माछा जस्तो भएर आफ्नो असन्तुष्ठी सडकमा पोखिन पुग्यो।

हाम्रा राजनीतिक दल भित्रका यूवाहरूमा आफ्ना दलका पुरातनवादी नेत्तृत्त्व संग विमति राख्दै आएको लामै समय भएको थियो। तिमीहरू सच्चिनु पर्यो हैन भने सकिन तयार रहनु भन्ने चेतावनी विभिन्न दल भित्रका यूवाहरूले आफ्ना शीर्षस्थहरूलाई दिई रहेकै सन्दर्भमा भएको यो जेन जीको आन्दोलन नै यिनीहरूको सहयोगी बन्न पुग्यो।

Advertisement 2

नेपालमा लामो समय सत्ता संचालन गरेका राजनीतिक दलहरू भित्र अहिले असन्तुष्ठी उत्कर्षमा पुगेको छ। नेपाली कांग्रेस त्यो मामिलामा अग्र पंक्तिमा रहेको देखिन्छ। यो दल भित्र अहिले नेत्तृत्त्व परिवर्तन गर्ने होड चलेको छ। यथा स्थितिमा रहन खोजेका पुराना नेतालाई नयां पुस्ताले विस्थापित गर्ने प्रयास अन्तिम चरणमा पुगेको छ। यसको लागि निकट भविष्यमा हुने महाधिवेशनले पार्टी भित्रका जेन- जी पुस्ताको माग पूरा गर्ने अपेक्षा गरिएको छ।

त्यसै गरी नेकपा एमालेमा समेत १/२ दिन भित्र महाधिवेशन हुदैछ तर यो महाधिवेशन जेन-जीको आन्दोलन भन्दा अगाडि नै तय भै सकेको हुदा यो महाधिवेशनले जेन-जीको माग सम्बोधन गर्ने ल्याकत राख्दैन र त्यस माथि पनि एमाले अध्यक्ष केपी ओलीले जेन- जी को आन्दोलनलाई प्रतिगमन संग तुलना गरेको हुदा सो पार्टीको नेत्तृत्त्व जेन-जीको माग प्रति सकारात्मक नभएको देखिन्छ। त्यसो त त्यो पार्टी भित्र पनि पुरानो नेत्तृत्त्वको विरोध र त्यसको विस्थापनमा सहमत हुने यूवा पंक्ति अवश्य लामै छ र त्यसले पनि यो महाधिवेशनमा पुरानो नेत्तृत्त्वको विकल्पमा आफ्नो उम्मेद्वार उठाएको हुदा यो पार्टीमा समेत जेन- जी आन्दोलनको माग सम्वोधन हुने झिनो आशा छ।

Advertisement 3

नेकपा माओवादी केन्द्रको अस्तित्व त जेन-जीको रापले सखापै बनाईदियो। राजनीतिक विचारलाई समय सापेक्ष बनाउन नसक्दा लोप हुन पुगेको माओवादी केन्द्र यति छिटै हराउला भन्ने उनै अवसरवादी प्रचण्डलाई पनि लागेको थिएन होला।

यस्तै अन्य पार्टीको पनि हालत संवेदनशील मोडमा पुगेको छ।
देशमा भएको असन्तुष्ठी पोख्न सक्ने तर नेत्तृत्त्वको अभाव रहेको जेन-जी समूहका यूवाहरू हरेक राजनीतिक पार्टी भित्र पनि छन्। देशमा भएको विकृति , विसंगति हटाउदै पार्टीको नेत्तृत्त्व हत्याउन पार्टी भित्र रहेका यूवाहरू र पार्टीमा समेटिन लागेका जेन-जी बीचको सहकार्यबाट देशले निकास लिने अपेक्षा गरिन्छ।

जेन- जी पुस्ताले देखेको बिसंगति र नेपालीले भोग्नु परेको सास्ती कुशासनको परिणाम हो। यो कुशासनको अन्त्य गर्न जेन-जी एक्लैको प्रयासले सम्भव हुदैन। त्यसै गरी राजनीतिक दल भित्रका यूवाको भावनाले मात्र पनि सत्ताले दिने भनेको डेलिभरी दिन नसकेको यथार्थ हो। त्यसैले यी दुई पक्ष बीचको कार्यगत एकताले मात्र मुलुकमा विद्यमान विसंगति र कुशासनको अन्त्य गर्न सक्छ। यसको निम्ति अहिलेको अन्तरीम सरकारले समन्वय गरी यी दुई पक्ष संग वार्ता गर्न जरूरी देखिन्छ।

प्रकाशित :२०८२ मंसिर २६, शुक्रबार १८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry