सुनचाँदीको मोल निरन्तर बढ्दो

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य रु २ लाख ४७ हजार कायम भएको छ। आज चाँदीको मोल पनि बढेर तोलामा रु ३ हजार २०० कायम भएको छ।
हिजो सुनको मूल्य प्रति तोला रु २ लाख ४२ हजार ७०० कायम भएको थियो भने १ तोला चाँदी रु ३ हजार ११५ मा कारोबार भएको थियो। १ दिनपछि सुनमा रु ५ हजार २०० र चाँदीमा रु ८५ को वृद्धि भएको छ।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज १ औँस सुन ४ हजार १४१ र त्यति नै चाँदै ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ मंसिर ९, मंगलवार १२:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













