खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रथम त्रैमासिक प्रगति सार्वजनिक

काठमाडौं: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक कार्य प्रगतिसम्बन्धी विवरण सार्वजनिक गरेको छ। बबरमहलस्थित विभागले असोज मसान्तसम्मका मुख्य गतिविधि, निरीक्षण, नियन्त्रण तथा प्रयोगशाला विश्लेषणसम्बन्धी कामको विस्तृत रिपोर्ट प्रस्तुत गरेको हो।
Advertisement 1
विभागका अनुसार देशभरका ४३ कार्यालयमार्फत खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ तथा दाना पदार्थ ऐन २०३३ को प्रभावकारी कार्यान्वयन गर्दै उपभोक्ताको स्वास्थ्य र सुरक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्।
मोबाइल खाद्य प्रयोगशाला भ्यान संचालन गरी खाद्य पदार्थ निरीक्षण अनुगमन
विभागका अनुसार २०८१ असोज १६ देखि विभाग र मातहतका कार्यालयमा रही संचालनमा आएका कुल ४ वटा मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी प्रशोधित दूध, तेल, प्रशोधित पिउने पानी, घ्यू, पेय पदार्थ लगायत विभिन्न खाद्य पदार्थहरूको स्थलगत प्रारम्भिक चेकजाँच तथा निरीक्षण अनुगमन एवं कारबाही अघि बढाइएको थियो।
Advertisement 2
यस आव मा पनि तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परिक्षण साथै चाडपर्व लक्षित अनुगमनमा होटल रेष्टुरेण्टहरूको निरीक्षण अनुगमन गरी दुध, खुवा तथा होटलहरूमा प्रयोग भएका तेलको नमूना सकंलन तथा स्थलगत परिक्षण एवं आवश्यक कारबाही गरिएको विभागले जनाएको छ।
खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन र गुणस्तर नियमन
Advertisement 3
- आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार जम्मा ५६६ नमुनाहरू संकलन भएको विभागले जनाएको छ।संकलित नमूनाहरू मध्ये ३३२ वटा नमूनाहरूको विश्लेषण परिक्षण भएकोमा खाद्यान्नरदलहनका ११७ वटा, प्रशोधित पिउने पानीका ३५ वटा, फल तथा सागपात जन्य पदार्थका २८ वटा, तेल तथा घ्यूजन्य पदार्थका ४९ वटा, मसलाका २९ वटा, दुध तथा दुग्ध पदार्थका २९ वटा, चियारकफीका १३ वटा, गुलियो पदार्थरकन्फेक्सनरीका १५ वटा, मासु तथा मासुजन्य पदार्थ २ वटा, नुनको १ वटा र अन्य खाद्य पदार्थका १४ वटा नमूनाहरू रहेकोमा विश्लेषण परिक्षण गर्दा दुध तथा दुग्ध पदार्थको १ वटा, प्रशोधित पिउने पानीका ४ वटा, तेल तथा घ्यू जन्य पदार्थको १ वटा र खाद्यान्न तथा दलहनका ५ वटा गरी जम्मा ११ वटा नमूनाहरूको परिक्षण प्रतिवेदन प्रतिकूल पाईएको थियो।
- आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा जम्मा १७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको प्रतिवेदनमा उल्लेख छ।
दायर गरिएका १७ मुद्दा मध्ये तेल तथा घ्यूजन्य पदार्थका ११ वटा, दुध तथा दुग्ध पदार्थका १ वटा, फल तथा सागपात जन्य पदार्थका २ वटा, खाद्यान्नरदलहनको १ वटा, मसलाको १ वटा र चियारकफीका १ वटा गरी जम्मा १७ वटा खाद्य पदार्थका रहेका थिए। उक्त दायर गरिएका १७ मुद्दा मध्ये १५ वटा न्यून गुणस्तरका र २ वटा लेबल सम्बन्धीका मुद्दाहरू थिए। - आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा स्वच्छता सर्भिलेन्सका अन्तर्गत ९०० वटा नमुनाहरू संकलन गरिएको थियो।
- आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा खाद्यर दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल अनुगमन तथा उजुरी उपर तत्काल सम्बोधन टोली मार्फत कारबाही लगायत जम्मा २९१८ पटक निरीक्षण अनुगमन गरिएको थियो।
- यस प्रथम त्रैमासिक अवधिमा नयाँ उद्योगको अनुज्ञापत्र जारी २६० वटा, उद्योग अनुज्ञापत्र नवीकरण १८१ वटा तथा नयाँ उद्योग स्थापना गर्न सिफारिस ३४८ वटा गरी जम्मा ७८९ वटा उद्योगलाई नियमन गरिएको विभागले जनाएको छ।
विभाग तथा मातहत कार्यालयबाट भएको अनुगमन निरिक्षण तथा कारवाही
यस आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिको चाड पर्व लक्षित अनुगमनमा विभाग लगायत मातहतका कार्यालयबाट निरीक्षणका क्रममा उपभोग्य मिति समाप्त भएका, खाद्य अनुमतिपत्र नलिएका पूर्ण लेबल विवरण नभएका, स्थलगत परिक्षणमा कैफियत देखिएका र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ऐन विपरीत रहेका एघार लाख छपन्न हजार दुई सय छ रुपैयाँ बराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको विभागले उल्लेख गरेको छ।
जफत नष्ट गरिएका खाद्य पदार्थहरूमा म्याद गुज्रिएका, लेबल नगरिएका, न्यूनस्तरका तथा दूषित खाद्य पदार्थ ९मिठाई, पेय पदार्थ, मसला, खाद्यान्न, वियर, दालमोठ, चिप्स, मिट मसाला, चिजवल, मैदा, सुजी, जुस, हल्का पेय पदार्थ, तेल, आदि रहेका छन्।
खाद्य आयात निर्यात नियमन
- आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा जम्मा ५,६४९ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरिएको थियो। यस वर्ष आवश्यक कागजात पूरा नभएका जाइफल, रस्गुल्ला, राजभोग, गुलाब जामुन, खाद्यान्नरदलहन, रसबरी, मात्र, चिप्स लगायतका विविध खाद्य पदार्थहरू गरी ५४ वटा कन्साइन्मेन्टहरूको अनुमति अस्विकृत गरिएको थियो। खाद्य पदार्थको आयात अनुमति पत्र जारी गर्ने कार्य नेपाल राष्ट्रिय एकद्वार प्रणाली बाट अनलाइन मार्फत सेवा दिने कार्य भइरहेको विभागले जनाएको छ।
- यस प्रथम त्रैमासिक अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूमा १४,५५९ वटा प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएकोमा १६ वटा नमुना प्रतिकुल पाइएको विभागको भनाइ छ।
यस प्रथम त्रैमासिक अवधिमा ९३ वटा आहारपूरक खाद्य पदार्थको उत्पादन दर्ता र ३४७ वटा आहारपूरक खाद्य पदार्थको नवीकरण समेत गरी जम्मा ४४० वटा आहारपूरक खाद्य पदार्थ नियमन गरिएको थियो।
प्रयोगशाला स्तरीकरण तथा विश्लेषण सेवा
आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा विभागको राष्ट्रिय खाद्य तथा दाना रेफेरेन्स प्रयोगशाला तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरूका प्रयोगशालाहरूबाट ऐन नियम कार्यान्वयनका क्रममा संकलित नमुना, खाद्य उद्योग अनुज्ञापत्रका लागि संकलित नमुनाहरू लगायत सेवाग्राहीबाट अनुरोध भई आएका गरी जम्मा ५,३४६ वटा नमुनाहरू तथा आयात निर्यात नियमन अन्तर्गत १४,५५९ वटा गरी जम्मा १९,९०५ वटा नमुनाहरूको प्रयोगशाला जाँच परिक्षण गरिएको जनाएको छ।
आयातित तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परिक्षण
यस आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा नेपालमा आयात हुने ताजा तरकारी तथा फलफूलको नमूनाहरू १२ वटा आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूबाट तथा आन्तरीक बजारका तरकारी तथा फलफूलको नमूनाहरू ८ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरूबाट १७,८३४ वटा नमुनाको विषादी अवशेष परिक्षण गर्दा २ वटा नमूनाहरू प्रतिकुल पाइएको विभागले जनाएको छ ।












