सार्वजनिक खरिदका प्रमुख तत्वहरु

भुमिका :
नेपाल सरकारको कुल बजेट रकमको करिव ७० प्रतिशत रकम सार्वजनिक खरिदकार्यमा खर्च हुने गरेको तथ्य विभिन्न प्रतिवेदनहरुले औल्याएको पाइन्छ । सार्वजकि सेवा प्रवाह र विकास कार्यसँग सम्बन्धित खर्चहरुमा हुने खर्च सबैभन्दा बढी नै रहेको पाइन्छ । यसरी भइरहेको खर्चवाट न त सेवा प्रवाह सन्तोषजनक रहेको छ न त विकासात्मक कार्यनै उल्लेख्य देखिन्छ । यो सबै अपेक्षित हुन नसुक्नुमा हाम्रो सार्वजनिक खरिद व्यवस्थापन प्रभावकारी नहुनु नै हो तसर्थ यसलाई प्रभावकारी वनाउन सार्वजनिक खरिद व्यवस्थापनका विविध पक्षहरुमा ध्यान पुर्याउन आवश्यक हुन्छ जसका लागि सार्वजनिक खरिद बारे जानकारी राख्ने र सहिरुपमा खरिद कार्य सम्पन्न गर्नुपर्दछ । तसर्थ हामी यहाँ सार्वजनिक खरिदको जानकारी दिदै सार्वजकि खरिदको कार्यमा ध्यान पुर्यायनुपर्ने विविध तत्वहरुको बारेमा जनकारी दिने प्रयास गरिनेछ ।

Advertisement 1

सार्वजनिक खरिद

सामान्य अर्थमा सरकारले आफ्नो कार्यसम्पादनका लागि आवश्यक पर्ने चिजवस्तु खरिद गर्ने कार्यलाई सार्वजनिक खरिद भनेर बुझिन्छ । व्यापक अर्थमा भन्दा सरकारले मुख्यतयाः गर्ने कार्य शान्ती सुरक्षा र अमन चयन , सेवा प्रवाह र विकास निर्माण सम्बन्धी कार्य प्रमुख रुपमा रहेका छन् उक्त कार्यहरु गर्नका लागी विभिन्न मालसामान प्राप्त गर्ने, परामर्श सेवा तथा अन्य सेवा लिने र निर्माण कार्य गराउनुपर्ने हुन्छ उक्त कार्यका लागी गरिने खरिदकार्यलाई नै सार्वजनिक खरिद कार्य भनिन्छ । यसरी गरीने खरिद कार्यका लागी मार्गदर्शनका लागि कानुनी व्यवस्था जरुरी हुन्छ तसर्थ नेपाल सरकारले सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शि, वस्तुनिष्ठ र विश्वसनीय बनाउन सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बनाई लागु गरेको छ । यो सार्वजकि खरिद कार्यका लागी मार्गदर्शक कानुनी व्यवस्थाका रुपमा रहिआएको छ ।
सार्वजनिक खरिद ऐनको दफा २(क) ले खरिदको स्पष्ट पभिाषा गरेको छ जसअनुसार खरिद भन्नाले सार्वजनिक निकायले यस ऐन बमोजिम कुनै मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण कार्य गर्ने वा गराउने कार्य सम्झनुपर्दछ भनी उल्लेख गरेको छ । त्यसैगरी उक्त पभिाषा खण्डमा सार्वजनिक निकाय, मालसामान, निर्माण कार्य, परामर्श सेवा र अन्य सेवाको अलग अलग र स्पष्ट परिभाषा समेत गरेको छ । यसले गर्दा के के र कस्ता कार्यलाई सार्वजनिक खरिद भनीने हो भन्ने विषयमा अन्यौलता रहेको पाइदैन ।

Advertisement 2

प्रमुख चार तत्वहरु :

जुनसुकै सार्वजनिक निकाय होस वा जुन सुकै सार्वजनिक खरिदकार्य भएतापनि यदि तपाई खरिद कार्य गर्दै हुनुहुन्छ भने केही आधारभुत विषयहरुमा सदा जानकार र सजग भएर कार्य गर्नुपर्ने हुन्छ । हामी यहाँ सार्वजनिक खरिद कार्य गर्दा ध्यान पुर्याउनुपर्ने चार तत्वहरुका बारे स्पष्ट हने गरी छलफल गर्ने छौ जसले सार्वजनिक खरिदको क्षेत्रमा हामीलाई असल अभ्यासमा लाग्न प्रेरीत गर्नेछ ।

Advertisement 3

१. खरिद कानून तथा प्रकृयाको पालना :

सार्वजनिक खरिदसम्बन्धी कार्य गर्दा ध्यान पुर्याउनुपर्ने प्रमुख तत्वहरुमध्ये खरिद कानुन तथा प्रकृयाको पालना प्रमुख तत्वका रुपमा रहेको छ । हामीले सार्वजनिक खरिद कार्य गर्दा सर्वप्रथम त्यसको कानुनी आधार खोज्नुपर्ने हुन्छ, उक्त कानुनमा खरिद कार्यसँग सम्बन्धित शैद्धान्तिक आधारका साथसाथै प्रकृयागत विषयहरुसमेत विस्तृतमा उल्लेख गरिएको हुन्छ तसर्थ सो सम्बन्धमा तत्काल प्रचलित कानुन के के छन भनी खोजीगरी आश्वस्त भएर मात्र सो का आधारमा खरिद कार्य गर्नुपर्दछ । हाम्रो देशका सन्दर्भमा भन्ने हो भने सार्वजकि खरिद कार्यका लागी सार्वजनिक खरिद ऐ्न, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ प्रमुख रहेका छन् । यसैगरी स्थानीय तह लगायत अन्य सार्वजनिक निकायहरुले प्रचलित खरिद ऐन विपरित नहुने गरी आवश्यकता अनुसार आफै नियमावली बनाउनसक्ने प्रावधान रहेका कारण ती निकायहरुले छुट्टा छुट्टै रुपमा आफ्नो नियमावली या कार्यविधीहरु बनाई लागु गर्न सक्ने सुनिश्चीतता रहेकाले त्यस्ता निकायहरुलेका हकमा त्यसरी बनाइएका कानुनी विषयहरु लागु हुनेछन । यसका अलावा विषयगतरुपमा आकर्षित हुने अन्य कानुनी व्यवस्था, सार्वजनिक खरिद अनुगमन कार्यालयले बनाएका खरिद सम्बन्धी नमुना कागजातहरु, विभीन्न निर्देशिका, कार्यविधीहरु, प्राविधीक नोट लगायतका सम्पुर्ण खरिद कानुन र प्रकृयाहरुको परिपालना गर्नुपर्दछ ।

२. लागत कार्यकुशलता
लागत कार्यकुशलता भन्नाले प्रमुख रुपमा तिनवटा विषयहरु पर्दछन् ः मुल्य, गुणस्तर र सन्तुष्टी । उचित मुल्यमा गुणस्तरीय सेवा वा मालसामान प्राप्त गर्ने र सो को प्रयोग विश्वसनीय हुने गरी गर्न सकियो भने त्यो बेला मात्र लागत कार्यकुशलता भएको मान्न सकिन्छ । खासगरी हामीले हाम्रो जिवनमा प्रत्येक दिनजसो कुनै न कुनै खरिद गर्ने निर्णय गरीरहेकै हुन्छौ यसरी खरिद गर्ने क्रममा जुन प्रक्रिया अपनाई खरिदको निर्णय गरेका हुन्छौ त्यसैगरी सार्वजनिक जिवनमा समेत सार्वजनिक खरिदमा समेत सोहि विधि अपनाएर खरिद गर्न शुरु गर्न थाल्यौं भने त्यो वेला वास्तविक रुपमा लागत कार्यकुशलता भएको मान्न सकिन्छ । उदाहरणका लागी तपाइको कार्यालयका लागी दर्ता चलानी रजिष्टर किन्नुपर्नेछ त्यतीनैवेला तपाइका लागी एक जोर जुत्ता पनि किन्नुपर्ने भइ तपाइ बजार पुग्नुभयो भने जसरी तपाईंले आफ्नो जुत्ता किन्ने प्रक्रिया अपनाउनु हुन्छ सोही प्रक्रिया अपनायर दर्ता चलानी रजिष्टर पनि खरिद गर्नुहुन्छ भने यस्तो खरिदमा लागत कार्यकुशलता हुने मान्न सकिन्छ । अन्तमा कुनै मालसामान वा सेवा प्राप्त गर्दा उचित मुल्य, अपेक्षित गुणस्तर कायम रही सन्तुष्टि प्राप्त गर्ने गरी खरिद कार्य गरेमा पक्के पनि त्यस्तो खरिदमा लागत कार्यकुशलता आउन सक्छ ।

३. गुणस्तर मापदण्डको पालना
सार्वजनिक खरिद कार्यमा अर्को महत्वपुर्ण तत्वका रुपमा गुणस्तर मापदण्डको पालना पनि हो । कुनै मालसामान, निर्माण कार्य वा सेवाको गुण वा विशेषता निहित रहेको हुन्छ सो गुण र विशेषता खरिद कार्य अघिनै निर्धारण गरीएको हुन्छ सो अनुसार नै खरिदको प्राप्ती गर्ने विषयनै गुणस्तर मापदण्डको पालना हो । यस्तो मापदण्डलाई मालसामानका हकमा सो मालसामानको स्पेशीफिकेशन र सो का आधारमा राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा रहेका मानदण्ड निर्धारक संस्थाहरुले दिएका प्रमाणपत्रहरुवाट पनि निर्धारीत गरीएको अवस्थामा तत् तत् मालसामानहरु सोही अनुसारनै रहनुपर्ने गरी योग्यताका आधार तयार गर्नुपर्दछ । यस्तै निर्माण कार्यका हकमा समेत केन्द्रिय निकायहरुले नम्र्स, स्ट्याण्डर्ड तयार गरेका हुन्छन सोही नम्र्स र स्ट्याण्डर्डको आधारमा खरिदका कागजात तयार गरी सो को पालनाको सुनिश्चितता गर्नु नै गुणस्तर मापदण्डको पालना गर्नु हो ।

४. तोकिएको समय, स्थान र परिमाणमा आपूर्ति

कुनै पनि सार्वजनिक खरिद निश्चित समयका लागी निर्धारीत स्थान विशेषका लागी आवश्यक मात्रामा गरीन्छ । यो सवै विषय सार्वजनिक खरिद कार्य अगावै निश्चित र निर्धारीत गरीनुपर्दछ । मालसामान वा सेवा खरिद गर्ने तर कहाँ कसका लागी र कति परिमाण वा अवधीमा सम्पन्न गर्ने भन्ने नै सुनिश्चित नगरी गरिएको खरिद अधुरो र अनियमित कार्य हुन जान्छ । तसर्थ कुनै पनि मालसामान, निर्माण कार्य, परामर्श सेवा र अन्य सेवा प्राप्त गर्नका लागी सेवाग्राही वा ग्राहकको पहिचान गर्ने, समय निर्धारीत गर्ने र अवश्यक परिमाण समेत निर्धारण गरी सोही अनुसार आपुर्ति र कार्यसम्पन्न गर्ने विषयपनि सार्वजनिक खरिद कार्यको प्रमुख र महत्वपुर्ण तत्वकारुपमा रहेको छ ।

अन्तमा,
सरकारले मुख्यतयाः गर्ने कार्य शान्ती सुरक्षा र अमन चयन , सेवा प्रवाह र विकास निर्माण सम्बन्धी कार्य प्रमुख रुपमा रहेका छन् उक्त कार्यहरु गर्नका लागी विभिन्न मालसामान प्राप्त गर्ने, परामर्श सेवा तथा अन्य सेवा लिने र निर्माण कार्य गराउनुपर्ने हुन्छ उक्त कार्यका लागी गरिने खरिदकार्यलाई नै सार्वजनिक खरिद कार्य भनिन्छ । नेपाल सरकारको कुल बजेट रकमको करिव ७० प्रतिशत रकम सार्वजनिक खरिदकार्यमा खर्च हुने गरेको तथ्य विभिन्न प्रतिवेदनहरुले औल्याएको पाइन्छ । सार्वजकि सेवा प्रवाह र विकास कार्यसँग सम्बन्धित खर्चहरुमा हुने खर्च सबैभन्दा बढी नै रहेको पाइन्छ । यी यावत खर्चका लागी हुने सार्वजनिक खरिद कार्य गर्दा माथी उल्लेखीत विषयहरु जस्तो खरिद कानुन तथा प्रक्रियको पालना, लागतमा कार्यकुशलता कायम गर्ने, गुणस्तर र मानदण्डको पालना लगायत तोकिएको समय स्थान र परिमाणको सुनिश्चितता हुने गरी गर्न सके नेपालमा मात्र नभई जुनसुकै देश वा मुलुकका लागी गर्ने खरिद कार्य समेत आदर्श र मितव्ययी तथा प्रभावकारी रहने कुरामा विश्वस्त हुन सकिन्छ ।

सुझावका लागी :[email protected]

(लेखक लम्साल सघन सहरी तथा भवन निर्माण आयोजना, बबरमहलका लेखा अधिकृत हुन् । )

#दिनेश लम्साल #सार्वजनिक खरिद अनुगमन

 

प्रकाशित :२०७८ बैशाख २९, बुधबार ०६:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry