रिट निवेदक १० कर्मचारीका लागि मात्र विज्ञापन खोलेपछि स्थानीय तहका कर्मचारी आक्रोशित

 

Advertisement 1

स्थानीय तहका बहालवाला १० कर्मचारीलाई उमेर हद नलगाई लोकसेवा आयोगले विज्ञापन खोलेपछि स्थानीय तहका कर्मचारीहरु आगो भएका छन् ।

आयोगबाट भएको १६६९२–१६७०५ २०७९–८० शाखा अधिकृतको विज्ञापनमा उमेर हद लगाइएपछि विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरु सर्वाेच्च अदालतको ढोका ढकढकाउन पुगेका थिए । यसरी अदलात पुग्नेमा  क्रमश दिनेशराज भट्ट,झनकराज ओझा,रुपेशकुमार शर्मा वराल,सुवास अधिकारी,दिपेन्द्र विष्ट,मनिषप्रसाद केसरी,लोकेन्द्रबहादुर ऐर,विकासदत्त भट्ट,महेशदत्त भट्ट र उमेश बोहरा सर्वाेच्च पुगेका थिए ।

Advertisement 2


उनीहरुद्धारा दायर गरिएको रिटमा सर्वाेच्चका न्यायधीश ईश्वर खतिवडाको इजलाशले गत पुस २८ रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिएको थियो । आदेशमा बहालवाला कर्मचारी रहेका कारण ३५ वर्षको उमेर पूरा भएको भन्ने सम्म कारणबाट उम्मेदवार हुन तथा परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भनिएको थियो । सर्वाेच्चको सोही आदेशलाई टेक्दै लोकसेवाले ती दश जना कर्मचारीलाई उमेर हद नलगाई सात दिन भित्र फाराम भर्न भनेको छ ।

विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई शाखा अधिकृत वा सो सरहको पदका लागि भएको विज्ञापनमा उमेर दह नलगाई ७ दिन भित्र आयोगको अनलाइन दरखास्त प्रणालीबाट फाराम भर्न समयावधि दिएको हो ।

Advertisement 3

यसरी १० जना कर्मचारीका लागि मात्र विज्ञापन निकालिएपछि स्थानीय तहका कर्मचारी आक्राशित भएका छन् ।

प्रकाशित :२०७९ माघ १२, बिहीबार १८:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry