नेपाली माटोको रूप, अरनिको

नेपालको माटोले सपना देख्थ्यो ।
एक शिल्पीको हातले संसार छुन सक्ने सपना।
त्यो सपना थियो अरनिको,
जसले ढुंगामा प्राण भरे, धातुमा दर्शन देखे,
र बेइजिङको आकाशमा नेपाली आत्मा झल्काइदिए।
Advertisement 1
माटोको सुगन्ध बोकेर हिँडेका उनका पाइलाहरू,
काठमाडौँको गल्लीबाट सुरु भएर चीनका स्तूपसम्म पुगे।
जहाँ उनले बनाएका गजुरहरूमा
हिमालको टुप्पो झल्किन्छ,
र प्रत्येक बटुकमा बौद्धको शान्ति बाँचिरहेछ।
अरनिको केवल शिल्पी थिएनन् ।
उनी सेतु थिए, दुई सभ्यताबीचको आत्मीय पुल।
उनीले सिकाए, स्थानीय सीप मै विश्व बस्न सक्छ,
र माटोमा सृष्टिको शक्ति लुकेको हुन्छ।
Advertisement 2
आज जब हामी ‘नेपालमा बनेको भनिन्छौं,
त्यो शब्दको आत्मा अरनिको कै हातले लेखिएको हो।
हामीले माटो बिर्सिनु हुँदैन,
किनकि यही माटोले उनको स्वप्न,
हाम्रो पहिचान जन्माएको हो।
अरनिको, तिमी केवल अतीत होइनौ ।
तिमी हाम्रो सृजनाको स्वर,
हाम्रो माटोको उज्यालो रूप हौ।










