सहसचिव र उपसचिवको विज्ञापन स्थगित

काठमाडौं। लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका विज्ञापनसम्बन्धी दरखास्त संकलनलगायतका सम्पूर्ण कार्यकारवाही स्थगन गरेको छ।

Advertisement 1

आयोगले आइतबार सूचना प्रकाशित गर्दै प्रशासन सेवाअन्तर्गत खुला, महिला, आदिवासी–जनजाति, मधेसी, दलित तथा अन्य समावेशी समूहका लागि जारी विज्ञापनहरू रद्द गरिएको जानकारी दिएको हो।

आयोगले असोज २९ गते प्रकाशित बढुवा, आन्तरिक प्रतियोगिता तथा खुला÷समावेशी समूहका विज्ञापनहरूबारे उच्च अदालत पाटनले कार्तिक १२ र १४ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने क्रममा उक्त विज्ञापनका दरखास्त संकलनलगायतका सम्पूर्ण प्रक्रिया अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि यथास्थितिमा राख्ने निर्णय गरेको जनाएको छ।

Advertisement 2

प्रकाशित :२०८२ कार्तिक १८, मंगलवार ११:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry