जनसेवा युवा क्लबलाई १ लाखसहित उपाधि

जुम्ला। चन्दननाथ नगरपालिकाको आयोजनामा सम्पन्न जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी हुने जनसेवा युवा क्लबलाई रु १ लाखसहित उपाधि प्रदान गरिएको छ।

Advertisement 1

जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न सो प्रतियोगितामा आयोजक टोली चन्दननाथ–३ भने दोस्रो भई रु ५० हजार जित्न सफल भएको छ। जिल्लाका ४४ टिमले भाग लिएको सो खुला फुटबल प्रतियोगितामा पहिलो हुने जनसेवा युवा क्लबले आयोजक टोलीलाई टाइब्रेकरमार्फत १ गोलले पछि पारेको थियो।

कार्यक्रम समापनपछि चन्दननाथ–३ का वडाध्यक्ष रतन खत्रीले खेलकुदमार्फत युवासहित समग्र खेलप्रेमीबीच आपसी सम्बन्ध विस्तार, सद्भाव र एकताको वातावरण सिर्जना गर्न जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको बताए।

Advertisement 2

यसैगरी नगरप्रमुख राजुसिंह कठायतले युवाहरूको भावना र चाहनाबमोजिम खेल क्षेत्रको विकास एवं विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लास्तरीय प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिए।

प्रकाशित :२०८२ कार्तिक १७, सोमबार १३:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry