घाइतेको स्पष्ट पहिचान नहुँदा राहत वितरण हुन सकेन

बागलुङ। सरकारले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका घाइतेहरूका लागि राहत रकम जिल्ला प्रशासनमा पठाएको छ। तर घाइतेको एकिन पहिचान हुन नसक्दा वितरण हुनसकेको छैन।

Advertisement 1

हालसम्म राहत रकम वितरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए। गृहमन्त्रालयले पठाएको घाइतेको सूचीमा बागलुङ घर भएको बताइए पनि एकिन ठेगाना नखुलेको उनको भनाइ छ। काठमाडौँ र पोखरामा भएको प्रदर्शनमा युवाहरू घाइते भएका थिए। प्रशासनले ती युवाहरूको खोजी गरिरहेको गुरुङले जानकारी दिए।

प्रदर्शनमा घाइते युवालाई सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ। घाइतहरूले राजधानीसहित विभिन्न सहरका अस्पतालमा उपचार गराएको भए पनि राहत रकम लिन नआएको उनको भनाइ छ। गृह मन्त्रालयले ५ जना घाइतेका लागि जनही रु २० हजारका दरले जम्मा रु १ लाख पठाएको छ।

Advertisement 2

घाइतेमध्ये अभियानकर्मीका रूपमा चिनिनु भएका बागलुङ नगरपालिका–३ का सोम शर्मासमेत छन्। उनको हालै ठेगाना पत्ता लागेको छ। त्यसबाहेक सङ्घर्ष भुसाल, मनोज सुनार, नारायण सत्याल र किरण थापामगरको ठेगाना र अभिभावकको समेत जानकारी नपाइएकाले राहत रकम वितरण गर्न नसकिएको जिल्ला प्रशासनले जनाएको छ।

प्रकाशित :२०८२ आश्विन ३०, बिहीबार १३:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry