मानव तस्करीमा मुछिएका कोशीका निवर्तमान मन्त्री पक्राउ

काठमाडौं। मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री लीलाबल्लब अधिकारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काठमाडौंले गरेको पत्रका आधारमा उनलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। मोरङ प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका निवर्तमान मन्त्री अधिकारीलाई काठमाडौं ल्याउन लागेको हो।
Advertisement 1
यसअघि उनली जापानमा हुने एउटा कार्यक्रमका लागि भन्दै प्रक्रिया पूरा नगरी जापान जान लागेको भेटिएपछि जापानको अध्यागमनले उनलाई नेपाल फर्काएको थियो। उनीसँगै नक्कली कागजात बनाएर जापान जान लागेका अन्यलाई पनि नेपाल फर्काइएको थियो।
नक्कली कागाजत बनाएर जापान जान लागेको र अधिकारी आफैंले नक्कली कागाजतमा हस्ताक्षर गरेको खुलेपछि विवादमा तानिएका अधिकारी नेकपा एमालेका सांसद हुन्। मानव तस्करीजस्तो गम्भीर आरोप लागेपछि एमालेले उनलाई पार्टीबाट समेत निलम्बन गरिसकेको छ।
Advertisement 2
यद्यपि अधिकारीले आफूले नक्कली काम नगरेको र आफू नक्कली काम गर्नेको संगतले फसेको बताउँदै आएका छन्। यस विषयमा निष्पक्ष छानबिन् होस् भन्ने उद्देश्यले मन्त्री पदबाट राजीनामा दिएको पनि उनी दाबी गर्दै आएका छन्।